• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

विश्व शान्तिमा नेपाली सेनाको योगदान उदाहरणीय : राष्ट्रपति



 

काठमाडौँ, १६ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाल सरकारको विश्व शान्ति प्रयासप्रतिको निष्ठा र प्रतिबद्धताबमोजिम नेपाली सेनाले दिएको योगदान उदाहरणीय रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा तैनाथ हुन जाने रणशार्दुल गण (शा.से.) ६०औँ डफ्फाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा सञ्चालन भएको प्रि(डिप्लोयमेण्ट) तालीम समापनका अवसरमा राष्ट्रपति भण्डारीले पठाउनुभएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “शान्ति सैनिकले कार्यक्षेत्रमा आफूलाई एक योग्य शान्ति सैनिकका रुपमा परिचित गराई पेशागत दक्षता र कुशलता, मानवअधिकारको उच्च सम्मान तथा मानवीय सहयोगको भावना राखी विश्व शान्तिप्रति नेपालको गहिरो प्रतिबद्धताको सन्देश संसारमा फैलाउन नेपाली सेना सफल हुनेमा पूर्ण विश्वास छ ।”

समापन समारोहमा राष्ट्रपतिले पठाउनुभएको शुभकामना सन्देश बलाधिकृत रथी हेमन्तराज कुँवरले पढेर सुनाउनुभएको थियो । समारोहमा बलाधिकृत कुँवरले तालीममा हासिल गरेको ज्ञान र सैनिक कौशललाई मिशन इलाकामा आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएको थियो ।

कार्यसम्पादनको क्रममा एक अर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्न निर्देशन दिँदै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापाको मुख्य जिम्मेवारी उत्कृष्ट ढङ्गबाट सम्पादन हुने विश्वास व्यक्त गर्नुभयो । समारोहमा मिशनमा तैनाथ हुने गणले विभिन्न अभ्यास तथा प्रदर्शनी गरेको थियो ।