२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुख्यमन्त्रीको निर्णयविरुद्ध बहस चल्नेछ’



अ+ अ-

काठमाडौँ, २० कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता केशव स्थापितले आफूलाई प्रदेश नं ३ को भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त गर्ने मुख्यमन्त्रीको निर्णयविरुद्ध पार्टीभित्र गम्भीर बहसको विषय बनाउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उहाँले विकास निर्माणप्रति आफ्नो सक्रिय क्रियाकलापलाई बीचमै रोक्न मुख्यमन्त्रीले आफूलाई पदमुक्त गरेको आरोप लगाउनुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्यसमेत रहनुभएका नेता स्थापितले भन्नुभयो, “प्रदेश सरकार गठन भएपछि देश विकासमा धेरै योगदान गरेको छु, जिम्मेवारीबाट मुक्त भएपछि हलुका महसुश भएको छ, पार्टीको स्वीकृति बिना जिल्लामा औपचारिक कार्यक्रममा जान नमिल्ने हुनाले मन्त्रीमा रहँदा रसुवाबाहेक सबै जिल्ला पुगेर विकास निर्माणका विषयमा छलफल गरी सुझाव लिने काम गरेको छु ।”

तिहारलगत्तै चार अर्ब रकम बराबरका सडक र पुलको बोलपत्र गर्ने तयारी गरेको तथा २७ अर्ब रकम बराबरका विभिन्न आयोजना अघि बढाउने काममा जुटिरहेको बेला प्रगति शून्य भएको भन्ने आरोप आफैँमा हास्यास्पद रहेको बताउँदै उहाँले अनियमिततालगायत आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिनुभयो ।

प्रदेशको राजधानी र केही पूर्वाधार निर्माणबारे मुख्यमन्त्रीसँग आफ्नो मतैक्यता हुन नसकेको जनाउँदै नेता स्थापितले मुख्यमन्त्री स्वयम्ले नै विकासको गति दिन नसकेको आरोप लगाउनुभयो ।