९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा सामान्य बिन्दुले कमी



अ+ अ-

काठमाडौँ, ६ मङ्सिर : धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्दु भएको छ ।

बिहीबार कूल १४३ कम्पनीको सात लाख ७४ हजार ६८६ कित्ता शेयर रु २५ करोड २५ लाख १८ हजार ३५४ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबार भएका दश उपसमूह मध्ये आज छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ समूह दुई दशमलव ६२, विकास बैंक दुई दशमलव २९, माइक्रोफाइनान्स छ दशमलव ७७ र जीवन बीमा २६ दशमलव शुन्य एक बिन्दुले घटेको छ ।

यस्तै होटल ३३ दशमलव ६४, जलविद्युत् पाँच दशमलव ३३, वित्त एक दशमलव ५३, निर्जीवन बीमा शुन्य दशमलव ५४, उत्पादन छ दशमलव २८ र अन्य तीन दशमलव ५७ बिन्दुले बढेको छ ।