• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo

विप्लवका प्रवक्ता भन्छन्— अस्तिसम्म चप्पल लाउने नेता रातारात कसरी धनी भए ?



 

 


काठमाडौं, ८ मंसिर । नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको नेकपालका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले केही वर्षअघि सम्म चप्पल लगाएर हिँड्ने नेताहरु आज एका एक कसरी धनी भए भनी प्रश्न गरेका छन् ।
नेताहरु रातारात धनी कसरी भए विश्वकर्माले प्रश्न गरे । हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन अब त्यसको हिसाब जनताले खोज्ने छन् उनको भनाइ थियो । उनले भने, हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए ’जनताले त्यसको हिसाव खोज्ने छन् ।
पार्टीले राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न नसकेको बताए । उनले सरकारको रुप जनताले चाल पाइसकेको बताए । नेता विश्वकर्माले देश अहिले विदेशीको नियन्त्रणमा रहेको पनि आरोप लगाए । उनले भने, सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन ।

यतिबेला देशलाई खण्डित बनाउने षडयन्त्रहरु चलिरहेको उनको आरोप थियो । तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको उनको भनाई छ । राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी रहेको पनि उनको भनाई थियो ।

आफ्नो दलले शान्ति बाटिकामा कार्यक्रम गर्ने भन्दा सरकारले बखेडा झिकेको भन्दै उनले सुखी नेपाली र समृद्ध नेपालको नारा दिने सरकारले सभा गर्ने ठाउँ दिन किन सक्दैन, भन्दै प्रश्न गरे ।