२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका प्रवक्ता भन्छन्— अस्तिसम्म चप्पल लाउने नेता रातारात कसरी धनी भए ?



अ+ अ-

 

 


काठमाडौं, ८ मंसिर । नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको नेकपालका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले केही वर्षअघि सम्म चप्पल लगाएर हिँड्ने नेताहरु आज एका एक कसरी धनी भए भनी प्रश्न गरेका छन् ।
नेताहरु रातारात धनी कसरी भए विश्वकर्माले प्रश्न गरे । हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन अब त्यसको हिसाब जनताले खोज्ने छन् उनको भनाइ थियो । उनले भने, हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए ’जनताले त्यसको हिसाव खोज्ने छन् ।
पार्टीले राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न नसकेको बताए । उनले सरकारको रुप जनताले चाल पाइसकेको बताए । नेता विश्वकर्माले देश अहिले विदेशीको नियन्त्रणमा रहेको पनि आरोप लगाए । उनले भने, सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन ।

यतिबेला देशलाई खण्डित बनाउने षडयन्त्रहरु चलिरहेको उनको आरोप थियो । तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको उनको भनाई छ । राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी रहेको पनि उनको भनाई थियो ।

आफ्नो दलले शान्ति बाटिकामा कार्यक्रम गर्ने भन्दा सरकारले बखेडा झिकेको भन्दै उनले सुखी नेपाली र समृद्ध नेपालको नारा दिने सरकारले सभा गर्ने ठाउँ दिन किन सक्दैन, भन्दै प्रश्न गरे ।




भर्खरै