• ३२ श्रावण २०८१, शुक्रबार
  •      Fri Aug 16 2024
  •   Unicode
Logo
Latest
★   गठ्ठाघर दुर्घटनाको छानबिन गर्न कमिटी गठन ★   अमेरिकी उपबिदेशमन्त्रीको नेपाल भ्रमण: सेनालाई २ वटा हेलिकप्टर दिने ★   गगन थापा भन्छन्ः सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ ★   भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो ★   किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड ★   कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ: मन्त्री भण्डारी ★   जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता ★   कोलकाता बलात्कार–हत्या प्रकरण, पूर्व प्रधानाध्यापक सीबीआई हिरासतमा ★   मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर पोखरेल

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला झापावासी हर्षित



भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् । जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपालको संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।

कन्काई नगरपालिका–४ का खगेन्द्र उप्रेती जिल्लावासी चौथोपटक देशको कार्यकारी नेतृत्वमा पुग्नु गौरवको कुरा भएको बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले विगतमा गरेका वाचा पूरा गर्न सकेमा झापावासीका लागि त्यही नै ठूलो उपहार हुने उप्रेतीको भनाइ छ ।

मेचीनगरका पर्यटन व्यवसायी चन्द्र कार्कीले ओली प्रधानमन्त्री भएसँगै झापाको पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा व्यक्त गर्नुहुन्छ । पर्यटकीयस्थल किच्चकबध, केचना, सतासीधाम, जमुनखाडी सिमसारलगायतका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने खालका ठूला योजना आउनेमा आफूहरू आशावादी भएको उहाँले बताउनुभयो । साथै पर्यटकलाई काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न केही वर्षदेखि लगाइएको रोक हटाउन सकेमा यस क्षेत्रको विकास ठूलो टेवा पुग्ने र यसमा प्रधानमन्त्री ओलीले पहल गर्ने यहाँका सबै व्यवसायीले अपेक्षा गरेको कार्कीले सुनाउनुभयो ।

भद्रपुर नगरपालिका–१० का मेघराज राजवंशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा जिल्लाका रणनीतिक सडक निर्माण सम्पन्न गर्न सहज हुने आशा जागेको बताउनुभयो । सडक डिभिजन दमकका सूचना अधिकारी इञ्जिनीयर गौतमकुमार देवले बजेट अभावले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका रणनीतिक सडक अधुरा रहेका र सबै क्षेत्रमा रु नौ करोड बजेट अभाव रहेको जानकारी दिनुभयो ।

झापा गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईंका अनुसार वर्षाको समयमा कन्काइ, बिरिङ, मेची, रतुवा जस्ता ठूला नदीले जिल्लाको दक्षिणी क्षेत्र डुबान भई गाउँबस्ती नै विस्थापित हुने अवस्था छ । उहाँले जिल्लावासी नै देशको नेतृत्वमा पुगेसँगै डुबान रोक्न नदी किनारमा स्थायी तटबन्ध निर्माण हुने आशा व्यक्त गर्नुभयो । रासस