• ३२ श्रावण २०८१, शुक्रबार
  •      Fri Aug 16 2024
  •   Unicode
Logo
Latest
★   गठ्ठाघर दुर्घटनाको छानबिन गर्न कमिटी गठन ★   अमेरिकी उपबिदेशमन्त्रीको नेपाल भ्रमण: सेनालाई २ वटा हेलिकप्टर दिने ★   गगन थापा भन्छन्ः सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ ★   भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो ★   किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड ★   कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ: मन्त्री भण्डारी ★   जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता ★   कोलकाता बलात्कार–हत्या प्रकरण, पूर्व प्रधानाध्यापक सीबीआई हिरासतमा ★   मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर पोखरेल

जाँदा जाँदै प्रधानमन्त्री दाहालको आग्रह: कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवा गर्नुहोला



काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न आग्रह गर्नु भएको छ।

आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजि निवास खुमलटारमा भेटेर प्रधानमन्त्री दाहालले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिनुका साथै सबै उपायहरूको अबलम्बन गरि खोजी कार्यलाई अझै तिब्रता दिन निर्देशन गर्नुभएको छ।

प्रधानमन्त्री दाहालले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दु ख व्यक्त गर्दै देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गर्नुभएको छ।