१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राशिफल



अ+ अ-
वि.सं.२०७५ साल मंसिर ०९ गते । शनिबार । ईश्वी सन् २०१८ नोभेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । तिथि द्वितीया ०६ घडी ०४ पला,बिहान ०८ बजेर ५९ मिनेट उप्रान्त तृतिया । नक्षत्र मृगशिरा,२५ घडी ०८ पला,बेलुकी ०४ बजेर ३६ मिनेट उप्रान्त आद्रा । योग सिद्ध,०४ घडि १८ पला,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त साध्य । करण गर,बिहान ०८ बजेर ५९ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ०४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा सौम्य योग । चन्द्रराशि मिथुन । महिला हिंसा अन्त्य दिवस । काठमाडौंमा सूर्योदय ०६ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी २४ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नाफा मुलक व्यावसायभन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा दाजुभाई सँग सानो सानो कुरामा मनमुटाब बढ्नेछ । छोटो यात्राको तय गर्दै हुनुहुन्छ भने यात्रा गर्दा ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । भोजभतेर तथा खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यावसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक बाताबरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरु गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनिति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । बिद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रशासन तथा राज्यपक्ष सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने योग रहेकोछ । गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले ईज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथि सँग अनाबस्यक विवाद हुन सक्छ ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मन परेको मानिसबाट चिट्ठा तथा उपाहार पाईने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाईनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई बिवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्पापारमा नाफा कमाउन अलि बढिनै समय दिनु पर्नेछ भने नोकरिमा बिशिष्ट व्याक्तित्वहरु सँग बिवाद बढ्नेछ । बुवा वा अग्रज सँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनाबस्यक शंका गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम नबन्नाले दुख पाईनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदि बहिनी सँग मनमुटाब बढ्ने तथा टाडिने समय रहेकोछ । सवारि साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारि व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाईलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढि सफलता हात पार्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दानै राम्रो रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षा क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे आम्दानि हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाईनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाईने हुनाले मन प्रशन्न हुनेछ । नया काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा वा आमा सँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाति सम्बन्धि समस्या बढ्नेछ । पढाई लेखाईमा बिभिन्न कारणले समय दिन सकिनेछैन । सवारि साधन चलाउदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् । ज्योतिषी गणेस काफ्ले ।