२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटः वेस्ट इन्डिजकाे खराब प्रदर्शन



अ+ अ-

काठमाडाैं, १५ मंसिर । वेस्ट इन्डिज र बंगलादेशबीचकाे दाेस्राे टेस्ट क्रिकेटमा बंगलादेशले प्रभावशाली प्रदर्शन गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे बंगलादेशले पहिलाे इनिङमा अलअाउट हुँदै ५०८ रनकाे विशाल स्काेर खडा गरेकाे छ । बंगलादेशका लागि महमदुल्लाहले व्यक्तिगत १३६ रनकाे महत्वपूर्ण पाली खेलेका थिए । साथै कप्तान सकिब अल हसनले ८०, सदमान इस्लामले ७६ तथा लिटाेन दासले ५४ रन बनाएका छन् ।

वेस्ट इन्डिजकाे पहिलाे इनिङ बंगलादेशी स्पिनरका सामु निरीह बनेकाे छ । वेस्ट इन्डिजले ६४ रन बनाउँदा उसका पाँच विकेट अाउट भइसकेका छन् । सुस्त पिचमा वेस्ट इन्डिजका ब्याट्सम्यानले खुलेर खेल्न सकेका छैनन् । अहिले क्रिजमा हिटमायर र डाउरिच खेल्दैछन् ।

पहिलाे टेस्ट बंगलादेशले जितेकाे थियाे ।