३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.89

Wind: 1.03

Humidity: 82

Latest
पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा राप्ती नदीमा डुबेर युवतीको मृत्यु एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन मकालुमा लेक लागेर चिकित्सकको मृत्यु ‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट हुँ भन्नेहरुलाई लाज होला कि नहोला ?



अ+ अ-

कंचनपुरकी  निर्मला हत्या कान्डको घटना भएको पनि झन्डै ४ महिना भो क्यारे ।  समाचारमा आए जस्तो नै हो भने सुन्दा पढ्दा हेर्दा बम दीदी बहिनीहरूको त्यो घर नेपाल का विशिष्ट अनि भारतीय विशिष्टहरु को मनोरंजन गर्ने थलों नै हो कि जस्तो अनुमान लगाउन सकिन्छ ! समाचारमा अाएका कुरा त्यस्तै नै छन् । विशिष्टहरुको मनोरंजनका क्रममा नै निर्मलाको हत्या भएको हाे भन्न मिल्ने अाधारहरु प्रसस्त देखिएकै छन् हामी सर्वसाधारणाहरूले पिन समाचार पढ्दा । तर यति सजिलाे काममा पनि सरकारले हत्यारा पत्ता लगाउन किन नसकेकाे हाे भन्ने कुरा हेर्दा, देख्दा बडाे दया जागेर अाउँछ ।

अनि मुख्य कुरा हत्यारा पत्ता लगाउन जो जस्ले प्रमाण लुकाउने काम गरे तिनीहरु लाई नै थाहा छ त कसको लागी प्रमाण लुकाइएको हो भन्ने बारेमा । कुरा नै यहि हो ।
यो सब कसलाई र किन बचाऊँन गरियो ? प्रधानमन्त्री ज्यु यो हत्याकान्ड देशको न्याय प्रणालीसँगै  जोडिएको हुनाले हजुरले एउटा देशको प्रधानमन्त्री मात्र नभई एउटा पीडित गरिव बाबुको अँखाले हेर्दा कस्तो होला ? अनि हाम्रा सम्मानित नेताज्युहरुले आफ्नो स्वधर्म बेचेर शु शासन को पुरस्कर पाउनु भए को छ रे । आफुले आँखा छोपे पछि दुनियाँलाइ त देखिन्न क्यारे । सरकारले लुगा लगाकाे छकि छैन भनेर त अरूले पाे हेर्ने हाे नि हैन र ? जनताले त हेरकै हाेलान् र छन् नि फेरि ख्याल गर्नुहाेला । कि हामीलाइ लुगा किन लाउनु पराे दुई तिहाई न हो भन्न खोजेको हो कि ?  लौन हामिलाई हिन्दु धर्म अफिम हो भन्दै राता किताब पढ् भन्नेहरु अनि आफुचाहि यसुको छोरीको हातले छर्केको वाइन अनि आशीर्वाद लिदै बाईबल समात्नेहरु अझै पनि कम्युनिष्ट हुँ भन्नेहरुलाई लाज होला कि नहोला ?

(कतारकाे राजधानी दाेहाबाट)