२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दो ब्याजदरले प्रतिस्पर्धात्मक क्षमता घटाउँछ : परिसङ्घ



अ+ अ-

काठमाडौँ, २१ मङ्सिर: नेपाल उद्योग परिसङ्घले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने टिप्पणी गरेको छ ।

परिसङ्ले बैंकिङ प्रणालीमा तरलताको समस्या सिर्जना भएको परिघटनालाई निकै नजिकबाट गम्भीरताका साथ नियालिरहेको उल्लेख गर्दै कर्जाको ब्याजदर वृद्धिले व्यावसायिक क्षेत्रलाई समस्या पार्ने ठहर गरेको छ । उद्योग र व्यावसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउँदा निर्यातमा नकारात्मक प्रभाव पर्ने तथा उत्पादन वृद्धि नहुँदा आयात बढ्ने र समग्र आर्थिक सूचाङ्कमा सङ्कुचन आउने सम्भावना निकै प्रवल रहेको परिसङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले कूल निक्षेपको ८० प्रतिशतमात्र लगानी गर्न पाउने प्रावधान रहेकाले कूल गार्हस्थ्य उत्पादनको करीब ३५ प्रतिशत रकम निष्क्रिय रहेको भन्दै परिसङ्घले सरकारको राजश्व सङ्कलनमा वृद्धि हुनु तथा पूँजीगत खर्च अत्यन्त न्यून रहेको जनाएको छ ।

“वित्तीय बजारमा निजी क्षेत्रबाट कर्जाको मागमा वृद्धि भइरहने तर ठूलो पूँजी निष्क्रिय रहँदा तरलताको अभाव सिर्जना हुन गएको हो”, परिसङ्घले भनेको छ । गत असार मसान्तसम्ममा तीन लाख ४५ हजार ठूला, मझौला, साना तथा घरेलु उद्योग दर्ता भई करीब रु २० खर्ब ३३ अर्ब लगानीको प्रतिबद्धता प्राप्त भएको परिस्थितिमा त्यसलाई आवश्यक पर्ने कर्जा सहज रुपमा उपलब्ध हुनसक्ने परिस्थिति नहुँदा अर्थतन्त्र र समग्र लगानीको अवस्थामा नकारात्मक असर पर्ने जनाइएको छ ।

पूँजीको अभावका कारण घट्दो लगानीले कूल गार्हस्थ्य उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा शिथिलता आउने तथ्यलाई गम्भीरतापूर्वक मनन गरी समस्या तत्काल सम्बोधन गर्न परिसङ्घले सरकारसँग माग गरेको छ ।