३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

अन्तःशुल्क स्टिकर नेपालमै छाप्न लेखाकाे निर्देशन, एनसेलकाे लाभकर खाेइ ?

अन्तःशुल्क स्टिकर नेपालमै छाप्न लेखाकाे निर्देशन, एनसेलकाे लाभकर खाेइ ?
अ+ अ-

काठमाडौँ, २१ मङ्सिरः सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा भएको बैठकले स्टिकर छपाइका लागि विदेशी कम्पनीको भरपर्दा करोडाैं रकम विदेशिएको भन्दै नेपालमै सुरक्षित मुद्रण स्थापना गर्न आग्रह गरेको हो । समितिका सभापति भरत शाहले नोट तथा राहदानीजस्ता महत्वपूर्ण छपाइ गर्ने नेपाली कम्पनीले किन स्टिकर छाप्न नसक्ने भनी प्रश्न उठाउँदै नेपाली कम्पनीबाटै छपाइ भए ठूलो रकम विदेशिनबाट जोगिने भएकाले स्वदेशमै छपाइको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

आन्तरिक राजश्व विभागले मदिराजन्य पदार्थमा अन्तःशुल्क स्टिकरमार्फत राजश्व उठाउँदै आएको छ । उक्त स्टिकर छपाइ अहिले पनि विदेशी कम्पनीबाटै गरिन्छ । नेपाली कम्पनीले छपाइसम्बन्धी काममा प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग गर्दै लेखा समितिलाई निवेदन दिएका थिए । बैठकमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले भने सुरक्षा प्रणालीलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मापदण्ड पुगेका विदेशी कम्पनीबाट स्टिकर छपाइदै आएको उल्लेख गर्नुभयो । एक पटकको स्टिकर छाप्न रु ५६ करोड लाग्ने बताइन्छ ।

मदिराजन्य पदार्थको अन्तःशुल्क स्टिकरबाट सरकारले मूल्य अभिवृद्धि करबाहेक रु ५७ अर्ब ८७ करोड २६ लाख ३५ हजार वार्षिकरुपमा सङ्कलन गर्ने गरेको राजश्व सचिव ढुङ्गानाको भनाइ छ । यो रकम जम्मा गर्ने आधार नै अन्तःशुल्क स्टिकर हो । स्टिकर असाध्यै प्राविधिक र संवेदनशील विषय भएको र सुरक्षित मुद्राका लागि कोड नम्बर राख्नुपर्ने भएकाले विदेशी कम्पनीनै ताक्नुपर्ने अवस्था छ ।

आन्तरिक राजश्व विभागले अहिले पाँचाैं पटक ग्लोबल बोलपत्रमार्फत इण्डोनेसियाको एक कम्पनीबाट स्टिकर छाप्दै आएको छ । उक्त स्टिकर छाप्न चाहने नेपाली कम्पनीले सुरक्षाका सबै मापदण्ड पूरा गरी कम्तीमा दुई देशको छपाइ गरेको हुनुपर्ने मापदण्ड बोलपत्रमा राखेकाले नेपाली कम्पनीले प्रतिष्पर्धामा सहभागी हुन नसकेको गुनासो छ ।

सचिव ढुङ्गानाका अनुसार सरकारले झण्डै रु २२ अर्बको लगानीमा आफ्नै सुरक्षित मुद्रण स्थापना गर्न लागेको र यसका लागि चालू आवमा रु छ अर्ब बजेट विनियोजन भइसकेको छ ।

हेटाैंडामा यस्तो मुद्रण स्थापना गरिनेछ । आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सुरक्षा र गुणस्तरलाई मध्यनजर गरी विदेशी कम्पनीको भर पर्नुपरेको उल्लेख गर्दै गुणस्तर मापदण्ड पुगेका नेपाली कम्पनीले प्रतिष्पर्धा गर्नसक्ने उल्लेख गर्नुभयो ।

समितिका अधिकांश सदस्यले नेपालमै सुरक्षा छपाइसम्बन्धी व्यस्था गरी नेपाली उद्योगको प्रोत्साहन गर्न ध्यानाकर्षण गराउनुभयो । सांसद हृदयेश त्रिपाठी, विशाल भट्टराई, तेजुलाल चौधरी, अमनलाल मोदीलगायतले स्टिकर छपाइको काम स्वदेशी कम्पनीले गर्न पाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

एनसेलको लाभकर उठाउन आग्रह

लेखा समितिको आजको बैठकले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकर जसरी पनि उठाउन सरकारलाई आग्रह गरेको छ । स्विडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जिटा कम्पनीलाई बेचेको थियो । उक्त किनबेचमा नेपालले पूँजीगत लाभकर उठाउन सकेको छैन ।

विसं २०७३ माघमा संसद्को सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई कर उठाउन निर्देशन दिएको थियो तर अहिलेसम्म एनसेल खरीद बिक्रीको पूँजीगत लाभकर उठ्न सकेको छैन ।

एनसेल खरीद बिक्रीमा टेलिया सोनेराले रु ६० अर्ब ७१ करोड तिर्न बाँकी रहेको बताइएको छ । अर्थमन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुङ्गानाका अनुसार सोनेराले एनसेलमार्फत लैजान खोजेको लाभांश रकम रोक्का राखेर त्यसैबाट कर उठाउन प्रयत्न भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेश तथा कानूनी प्रक्रियाका कारण जटिल भएको समितिलाई जानकारी गराउनुभएको थियो ।