२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.महत संयोजकत्वको आर्थिक नीति काँग्रेस केन्द्रीय समितिबाट पारित



अ+ अ-

काठमाडौं– नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशरण महतको संयोजकत्वमा गठित नेपाली काँग्रेसको आगामी आर्थिक नीतिसम्बन्धी प्रस्ताव नेपाली काँग्रेसको केन्द्रीय समितिबाट पारित भएको छ । केन्द्रीय समितिमा छलफलमा प्रस्तुत गरिएको सो प्रस्तावमा छलफल पछि सामान्य सुझावसहित पारित भएको नेपाली काँग्रेसले जनाएको छ ।  सह-महामन्त्री डा. महत संंयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव समितिको प्रस्ताव सुझाव समेत समेटेर पारित गरेको छ ।
डा. महतको प्रस्तावमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित भएको सह-महामन्त्री एंव समितिका संयोजक डा. महतले जानकारी दिए ।
यो प्रस्ताव कांग्रेसको महासमितिको मंसिर २८ गतेबाट सुरु हुने बैठकमा प्रस्तुत हुनेछ । प्रारम्भिक सस्यौदा केहि साता अघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।