४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

महिला हिंसा बिरुद्धकाे १६ दिने अभियान

महिला हिंसा बिरुद्धकाे १६ दिने अभियान
अ+ अ-

लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान यहि नोचेम्बर २५ बाट आरम्भ हुँदैछ । “लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार” नारा लिएर १६ दिने अभियान संचालन भइरहँदा ब्यापक रुपमा महिला हिंसाका घटनाहरु बाहिर आएका थिए । १६ दिने अभियानले महिलाहरुलाई आफ्नो पीडाहरु बाहिर ल्याउनु पर्छ । सहेर बस्नु हुँदैन भन्ने कुराहरुमा उल्लेख्य चेतना अभिबृद्धि भएको थियो । यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीबहिनीहरुको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासँग जोडिएको छ ।

यस घटनालाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । यसै प्रतिरुप पेट्रिया, मिनर्भा र मारिया नाम गरेका यी तीन दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रुपमा लिई महिलावादीहरुद्वारा उनीहरुको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी संसारभर नै यो दिवसलाई महिला हिंसा विरुद्धको दिवसको रुपमा स्थापित गरिएको हो ।

नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउँदै आएको २१ बर्ष भइसकेको छ । पछिल्लो समय महिला हिंसाका घटनाहरु बाहिर निस्कन थालेका छन् । संचार प्रबिधिको विकास, समयको मागले गर्दा पनि महिलाहरुमा अब पीडामा पिल्सिएर बस्नुपर्छ भन्ने धारणाहरु घट्न थालेका छन । यो एउटा राम्रो पक्ष हो । कतिपय अवस्थामा कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडित महिला झनै पीडित हुनुपरेको अवस्था पनि छ । सरकारी तवरबाट उचित पुनस्र्थापना गृहको ब्यवस्था नगर्दा हिंसामा परेका महिलाहरुलाई पुनस्र्थापना गर्न पनि कठिन हुने गरेको छ ।

अब महिला मानव अधिकारका क्षेत्रमा कार्य गर्दै आइरहेका संघ संस्थाहरुले के बुझ्नुपर्छ भने नेपालमा महिला हिंसामा पुरुषको मात्र दोस छैन ? यहाँ महिलाकै कारण हिंसाहरु भएका पनि प्रसस्त उदाहरणहरु छन् । महिला अधिकारकर्मीहरुले ग्रामीण स्तरमा अभिमुखीकरण गर्दा महिलालाई मात्र होइन कि त्यस क्षेत्रका पुरुष तथा महिला दुवैलाई अभिमुखीकरण गर्नु जरुरी छ । जसले पुरुषलाई पनि महिलाका पक्षमा बनेका कानुनका कुराहरुको बारेमा पूर्ण ज्ञान हुनु आवश्यक छ । आज पनि विपन्न तथा पिछडिएको महिलाको पहुँच सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा खासै उल्लेखनीय देखिँदैन । राज्य स्तरबाट प्राप्त हुने आरक्षणमा पहुँच पुगेका र हुनेखाने कै हालिमुहाली हुने गरेको छ । छोरा भएर गर्न हुने र छोरी भएर गर्न नहुने भनि तोकिएका कार्य अझैपनि प्रशस्त छन् । स्वतन्त्रता तथा अन्य सवालमा समानले छोरीलाई बर्जित गर्ने र छोरालाई प्रोत्साहन तथा छुटकारा दिने परिपाटी कायमै छ । यस्ता बिभेदहरु शिक्षा, स्वास्थ्य, अवसर, पहँुच, नीति निर्णय, सहभागिता, सम्बोधन आदिमा प्रमुख र प्रवल रुपमा देखिने गरेका छन् ।

सामाजिक लिङ्ग भेदलाई विकासको बाधकका रुपमा लिने हो भने प्रथमत महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्दछ । महिला पुरुषबीचको बिभेदको खाडल नपुरीएसम्म समाजको यथोचित बिकास हुन सक्दैन । आजको बिभेदयुक्त समाजमा महिलाका जल्दाबल्दा समस्यालाई समाधान नगरी समाज परिबर्तनको सपना देख्नु भनेको भ्रम मात्र हो । तेस्रो लिङ्गी, समलिङ्गी आदिलाई अझैपनि समाजमा सहजताका साथ स्वीकार्य छैन । उनीहरुलाई मानवताको पनि ख्यालै नगरी लिङ्गकै आधारमा बिभेद अझै कायमै छ । एकाइसौं सताब्दीमा आईपुग्दा समेत हाम्रा चेलीहरु सुरक्षित रुपमा हिँडडुल गर्ने वातावरण बन्न सकेको छैन । घरेलु हिंसा, यातना, पुरातन सोँच बिचार, रुढीबादी परम्परा, अन्धविश्वास, आर्थिक परनिर्भरता, सामाजिक राजनीतिक र धार्मिक असमान ब्यबहार आदिको कारण महिलाको जीवनमा समायोचित सुधार आउन नसक्नुमा के पितृसत्तात्मक राष्ट्र वा शासनको मात्र दोष हो र ? सीमित क्षेत्र र समुदायमा मात्र महिला अधिकारका कुरा गरेर सम्पूर्ण महिलाहरुको जीवनस्तरमा सुधार हुन सक्दैन । महिलालाई सशक्तिकरण गर्ने र समाज वा राज्य ब्यवस्थापनमा समानता कसरी स्थापित गराउने भन्ने प्रश्नमा महिलाहरुका कतिपय संगठनहरुले गम्भीर रुपमा बहस चलाइरहेको देखिन्न ।

भर्खरै मात्र सम्पन्न भएको दोस्रो संबिधान सभा सदस्य निर्बाचनमा पनि प्रत्यक्षतर्फ उल्लेख्य रुपमा महिलालाई उठाइएन । जनसंख्याको ५१ प्रतिशत हिस्सा ओगटेका महिलालाई पछाडि धकेलेर जम्मा ११ प्रतिशत महिलालाई मात्र प्रत्यक्षतर्फ उठाईयो । तैपनि जहाँ नजित्ने निश्चित छ, त्यही ठाउँबाट महिलालाई उठाउने र संबिधान सभामा महिला सदस्य न्युन गराउने केही राजनीतिक पार्टीहरुको लागिपरेको देखियो । महिलाको नीति निर्माण तहमा उल्लेख्य सहभागिता नभएसम्म महिला अधिकार सुनिश्चित हुँदैन भन्ने कुरालाई लत्याइएको छ । भोट कस्लाई ? नेतृलाई । अभियान जानेबुझेका शहरका केही महिलाले मात्र गरेको देखियो । यस्ता अभियान ग्रामीण स्तरमा रहेर दैनिक पेट पाल्नका लागि ज्याला मजदुरी गर्ने महिलाहरुसम्म पुग्नुु पर्दथ्यो । बिगतमा धेरै अभियानहरु शहर केन्द्रित मात्र भएर आफ्नो लक्ष्यमा नपुगीकन टुंगिएका, प्रभावकारी हुन नसकेका उदाहरणहरु पनि प्रशस्त छन् । महिलालाई नीति निर्माण तहसम्म पु¥याउनका लागि यस अभियान सार्थक थियो । तर सीमित तह र तप्कामा मात्र सीमित भयो कि भन्ने मेरो बुझाई हो ।

नेतृलाई भोट दिएपछि के हुन्छ ? यसले महिला अधिकार सुनिश्चित गर्नका कसरी सहयोग गर्न सक्छ भन्ने कुराको ज्ञान ग्रामीण भेगमा बस्ने महिलाहरुलाई पनि पु¥याउन सकेको भए भर्खरै सम्पन्न भएको निर्बाचनको परिणाममा महिलाको उल्लेख्य सहभागिता हुन्थ्यो । तसर्थ शहर केन्द्रित मात्र अभियान गरेर कुनै औचित्य हुँदैन । भोट ग्रामिण क्षेत्रमा रहेका महिलाहरुले पनि हाल्छन् । अनि अर्को कुरा अभियान्ताकै केही महिलाहरुले आफु निकट पार्टीको महिला उम्मेदवारहरुको प्रचार प्रसार गरेको देखियो । नेतृलाई भोट अभियानमा जुनसुकै पार्टीको महिला होस महिलालाई नै भोट दिनुपर्ने धारणा हुनुपथ्र्योे ।

महिला अधिकार सुनिश्चित नभएसम्म राष्ट्रको बिकासको कल्पना गर्न सकिँदैन । सक्षम महिलालाई स्थान दिनुपर्छ भन्ने हो तर यहाँ उम्मेदवार चयन गर्दादेखि नै पितृसत्तात्मक सोँचको जरो गडिसकेको थियो । हुन त राष्ट्रपति नै महिना भई सकेता पनि जब महिलाहरु नै नीति निर्माण तहसम्म पुग्दैनन् भने यसरी महिला अधिकार के सुनिश्चित होला र खै ? कुनै पनि देश राष्ट्रिय राज्यको रुपमा सबल हुन सक्दैन भन्ने कुरा पुरुषहरुले पनि बुझ्न आवश्यक छ । बर्तमान शहर केन्द्रित महिला अधिकारबादीहरुले नेपालमा लैङ्गिक बिभेद छ भनेर नारा लगाएर मात्र हुँदैन । यहाँ बर्गीय र सांस्कृतिक बिभेद पनि बलियो रुपमा पर्खाल बनेर उभिएको छ र त्यसलाई भत्काउन जरुरी छ भन्ने कुरा हामीले विर्सन हुँदैन । आगामी हुने निर्बाचनमा सम्पूर्ण महिला अधिकारकर्मीहरुले प्रत्येक पाईलामा आफुलाई सशक्त बनाउन सकिने आर्थिक, सामाजिक र राजनीतिक कार्यदिशा लिई महिला अधिकार सुनिश्चितता गर्नेलाई मात्र जिताउनु आवश्यक देखिन्छ । तसर्थ सम्पूर्ण सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु, संचार माध्यम, संचारकर्मीहरु, राजनीतिकर्मीहरु, नागरिक समाजलाई समेटी अगाडि बढ्न सकिएन भने यस्ता अभियानको कुनै औचित्य हुँदैन ।

(लेखक, शान्ति पुनस्र्थापना गृह, कपिलवस्तुसँग अाबद्ध हुनुहुन्छ)