९ बैशाख २०८२, मंगलवार
,
Latest
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन् मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री तरकारी खेतीबाट आत्मनिर्भर मीना कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो: प्रधानमन्त्री सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल क्षेत्रसंग मेरिना इम्पेक्सको सहकार्य निरन्तर



अ+ अ-

काठमाडौं:  मेरिना इम्पेक्स क्रिकेटसँगै फुटबलमा पनि सहकार्य सहित जोडिएको छ । तेस्रो संस्करणको एनसेल एनएसएलमामा मेरिनाले व्यवसायीक सहकार्य गरेको हो ।

विगत केही वर्षयता नेपाली क्रिकेटमा प्रभावशाली योगदान दिँदै आएकोमा अब फुटबलमा पनि आफ्नो उपस्थिति जनाउन लागेको मेरिना ईम्पेक्सका डाइरेक्टर राम प्रसाद अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीको प्रतिभा उजागर गर्न तथा खेलकुदको विकासमा योगदान पुर्‍याउन कम्पनीले विभिन्न खेलकुद प्रतियोगितामा सहकार्य गर्दै आएको छ।

खेलकुद राष्ट्रको पहिचान हो, त्यसैले हामी क्रिकेट र फुटबल दुबैमा सहकार्य गरिहेका छौ- मेरिना इम्पेक्सका प्रतिनिधि अर्यालले जानकारी दिनुभयो ।

देशप्रेम र खेलकुदप्रतिको समर्पणलाई आत्मसात गर्दै मेरिना इम्पेक्सले नेपाली युवालाई अवसर र प्रेरणा प्रदान गर्दै, राष्ट्रको सम्मानमा थप इट्टा थप्ने काम गरिरहेको उहाँले जानकारुी दिनुभयो ।

इम्पेक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउदै आएको छ । इम्पेक्सले बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको छ ।