४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

चैत्र नवरात्रिको आध्यात्मिक रहस्य

चैत्र नवरात्रिको आध्यात्मिक रहस्य
अ+ अ-

नौ दिनसम्म अलगअलग नौ देवीको पूजा उपासना गरि मनाउने पर्व धार्मिक र आध्यात्मिक पथमा प्रगतिशील साधक – साधिकाका लागि नवरात्रि पर्व अनुपम महिमा रहन्छ। नवरात्रि उत्सवपूर्ण नवीनीकरणको अवसरका लागि नौ रात्रि महत्त्वपूर्ण हुन्छ। नवरात्रि व्रतको मुल उद्देश्य चाहिँ इन्द्रियका संयम एवं आध्यात्मिक शक्तिको संचय हो।

वस्तुतः नवरात्रि आन्तरिक शुद्धीकरणको महापर्व हो। वर्तमान परिवेशमा चौतर्फ मानसिक विचारका प्रदुषण ग्रसित मनुष्यलाई आध्यात्मिक जीवनका लागि होस्, भौतिक सुखका लागि होस् या सांसारिक जीवनका लागि होस् यी सबै कुरालाई व्यवस्थापन गर्न स्वयंलाई मजबुत र मिश्रित सन्तुलन बनाई राख्न नवरात्रिमा नौ दुर्गाको उपासना र आराधनाको विशेष महत्व रहन्छ।

राग – द्वेष रहित व्यक्ति आफ्नो अन्त: करणमा ऊर्जा जागृत गर्न देवी उपासनाको मुख्य प्रयोजन रहन्छ। दुर्गा पूजा र नवरात्रि मानसिक – शारीरिक शक्तिको प्रतीक मानिन्छ। अतः उस समय स्वस्थ रहनका शारीरिक शुद्धिका लागि तन – मनको निर्मल राख्न गरिने उपासना प्रक्रियाको नाम ` नवरात्र ´ हो। नवरात्रि आध्यात्मिक आत्मनिरीक्षण र शुद्धिका समय जहाँ भक्त दिव्य शक्ति नौ दुर्गामा आफ्नो मन – तन एवं शारीरिक शुद्धिको लागि यज्ञ, अनुष्ठान, मन्त्र जप, दुर्गा पूजा, सप्तशती पाठ, साधना, ध्यान र प्रार्थनामा संलग्न हुन्छन् ।

नवरात्र पर्वको साधनाले शरीर, मन र आत्मालाई संतुलन एवं सामंजस्य जीवनशैली र वास्तविक अनुभव द्वारा प्रत्येक क्षेत्रमा अगाडि बढ्न शक्ति प्रदान गर्दछ। नवरात्रिको अर्थ ‘नौ रात ´ हुन्छ। यस पर्व वर्षमा दुई पटक आउँछ। एक शरद मासको नवरात्रि र दोस्रो बसन्त मासको नवरात्रि; यस् पर्वको दौरान तीन प्रमुख देवी – माता पार्वती, माता लक्ष्मी र माता सरस्वतीको नौ स्वरुप:-

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकिर्तिता:।

जसलाई नवदुर्गा भन्छौं। नवरात्र शब्द बाट नव अहोरात्र ` विशेष रात्रि ´ को बोध गराउँछ। यस समय शक्तिको उपासना गर्ने गरिन्छ, किनकि रात्रि शब्द सिद्धिको प्रतिक मानिन्छ। दीपावली, होलिका, शिवरात्रि र नवरात्रि आदि उत्सव रातमा मनाउने परम्परा छ। वर्षमा दुई पटक नवरात्रि मनाउने विधान छ – विक्रम संवतको पहिलो दिन अर्थात् चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा देखि नौ दिन अर्थात् नवमी तिथिसम्म। यसै प्रकार ठिक छ महिना पश्चात् आश्विन शुक्ल पक्षको प्रतिपदा देखि महानवमी अर्थात् विजयादशमीको एक दिन पूर्व नवरात्रि मनाउने गरिन्छ। सिद्धि तथा साधनाको दृष्टिमा शारदीय नवरात्रि ज्यादा महत्वपूर्ण मानिन्छ। यी नवरात्रिमा आध्यात्मिक एवं मानसिक शक्ति संचय गर्नका निमित्त अनेक प्रकारका व्रत, संयम, नियम, यज्ञ, भजन, पूजन, योग – साधना आदि गर्ने गर्छन्।

यस नवरात्रि केहि साधक रात्रिमा पूरा रात पद्मासन या सिद्धासनमा बसेर आन्तरिक त्राटक या बीज मन्त्रका जाप द्वारा विशेष सिद्धि प्राप्त गर्न कोसिस गर्छन् । मानव शरीरमा कुल नौ द्वार हुन्छ; नौ द्वार अर्थात् नौ चक्रको प्रकृति र यसको भित्र निवास गर्ने शक्तिलाई यानी मुख्य इन्द्रियलाई अनुशासन, स्वच्छता, तारतम्य स्थापित गर्न र शारीरिक तंत्रलाई पूरा सालभरि सुचारु रुपमा क्रियाशील राख्न नौ द्वारका सुद्धिको पर्व भनेर पनि मनाइन्छ।

अखण्ड दीप – नवरात्रि यानी नौ दिनसम्म चल्ने दुर्गाको नौ स्वरुप आराधनाको साथ यस पावन पर्वमा कयौं घरमा घतस्थापना हुन्छ, भने कयौं ठाउँमा अखण्ड दीप ( ज्योति ) को प्रज्वलन गर्ने विधान छ। शक्तिको आराधना गर्ने व्यक्ति अखण्ड ज्योति जलाएर माँ दुर्गाको साधना गर्छन् । अखण्ड दीप अर्थात् यस्तो दीप जो खण्डित हुँदैन। दीप प्रकाशको द्योतक हुनाले वैदिक परम्परामा व्यक्तिलाई सम्पूर्ण ज्ञान मिलोस भनी दीप प्रज्वलनको चलन छ।

कुनैपनि शुभ कार्य गर्न पहिले दीप प्रज्वलन गरिन्छ। एक कर्मदीप जो सिर्फ पूजाको दैरान प्रज्वलित गरिन्छ भन्ने दोस्रो अखण्ड दीप जो पर्व भरि प्रज्वलन गरिन्छ; अखण्ड दीप नौ दिनसम्म अखण्ड रहिरहननु यानी जलिरहनु पर्छ। समस्त कल्याण चाहने मनुष्यले दीप प्रज्वलन गर्ने समय मन्त्रोच्चाण गर्नुपर्छ। पञ्च तत्व मध्ये एक महत्त्वपूर्ण तत्व अग्निको अंश दीप पर्छ। प्राचीनकालदेखि नै दीप जलाउने एकमात्र स्रोत मानिन्छ। ईशान कोण यानी उत्तर – पूर्व दिशाको देवी – देवताका स्थान मानिन्छ; त्यसैले अखण्ड दीप पूर्व – दक्षिण कोण यानी आग्नेय कोणमा राख्न शुभ मानिन्छ र ज्योतिको मुख पूर्व दिशामा हुनुपर्छ। अखण्ड दीपको विधिवत मत्रोच्चारण गरि नवरात्रको पहिलो दिन संकल्प गर्दै नियमानुसार प्रज्वलन र उसको संरक्षण गर्नुपर्छ। प्रज्जवलित दीप सुख – शान्ति, कार्य सिद्धि र आर्थिक प्राप्तिको सुचक हो।
अखण्ड दीप प्रज्वलन समय मन्त्रोच्चारण गर्ने :-

ॐ जयंती मंगला कारी भद्रकाली कृपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
या
दीपज्योति: परब्रह्म दीपो ज्योतिर्जनार्दन:।
दीपो हरति मे पापं दीपज्योतिर्नमोऽस्तुते।।
शुभं करोति कल्याणम् आरोग्यम् धनसंपदा।
शत्रुबुद्धिविनासाय दीपकाय नमोऽस्तुते।।

घटस्थापना – नवरात्रिको प्रतिपदा तिथिमा सबै भक्तका घरमा कलस स्थापना गरिन्छ। घटस्थापना प्रतिपदा तिथिको शुरूवात समयमै शुभ मुहूर्तमा कलश स्थापना गर्ने गरिन्छ; कलशलाई सुख – समृद्धि, ऐश्वय प्रदान गर्ने तथा मंगलकारी मानिन्छ। कलशको मुखमा श्री हरि भगवान विष्णु, गलामा भगवान रुद्र, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानिन्छ। नवरात्रिको समय ब्रह्माण्डमा उपस्थित शक्तिलाई घटमा आह्वान गरिन्छ।

यस कार्यले घरको सबै विपद, नकारात्मक ऊर्जा नष्ट हुने तथा घरमा सुख – शान्ति, समृद्धि बनिरहने साथै कलश स्थापनाले मंगलमय कर्म शक्ति संचय, कार्य सिद्धि र वास्तु दोषमा उपस्थित कष्टदायक तरंग नष्ट गर्दछ। शास्त्रमा कलशलाई सम्पूर्ण देवी – देवताका निवास स्थान मानिन्छ; त्यसैले घटस्थापना नवरात्रि अत्यन्तै शुभ र मंगलकारी एवं दिव्यताको प्रतीक मानिन्छ।

चैत्र नवरात्रि जसलाई वसन्त नवरात्रिको रूपमा जान्न सकिन्छ। ज्योतिष दृष्टिमा चैत्र नवरात्रका विषेश महत्त्व रहन्छ किनकि यस् नवरात्रिको दौरान सूर्यको राशि परिवर्तन हुने यानी १२ राशिमा भ्रमण पुरा गरि पुनः अर्को चक्र पुरा गर्न प्रहिलो राशि मेषमा प्रवेश गर्छ। चैत्र महिनामा सूर्य आफ्नो उच्च राशि मेषमा प्रवेश गरे समय ऋतु सन्धिका कारण मौसममा बदलाब हुनुका साथै सूर्य र मंगलको राशि मेष अग्नि तत्व कारक हुँदा दुवैको संयोग बाट गर्मीको सुरुवात हुन्छ।

ऋतु सन्धिका कारण मौसममा आउने परिवर्तन समयमा शारीरिक बिमारी बढनुका साथै चाडै रोगणुको आक्रमण सर्वाधिक संभावना हुनेहुँदा स्वास्थ्यको ध्यान राख्न व्रत – पर्व एवं परम्परा सहायक हुनेहुदा यस महिनामा प्रात: कालमा सुर्यलाई अर्ध्य दिने पनि गरिन्छ।

चैत्र नवरात्र बाट नववर्ष पञ्चाङ्गको गणना सुरु हुन्छ। पौराणिक मान्यता अनुसार ब्रह्माले चैत्र शुक्ल प्रतिपदा देखि सृष्टि रचना शुरु गरेका हुन् र यही दिन भगवान विष्णुले मत्स्य अवतार लिएका हुन् भन्ने पाइन्छ। काल गणना चैत्र महिनाको शुक्ल पक्षको प्रहिलो तिथिबाट नववर्ष सुरु हुन्छ।