४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

प्रेमको सत्य रुप आमा

प्रेमको सत्य रुप आमा
अ+ अ-

आमा एक सुखद अनुभूति हुन् । आमा एक शीतल आवरण जो हाम्रो सुखदुःख, पीडामा प्रेम र स्नेहको मलमले ढाकी दिन्छिन् । आमाको प्रेरणा र ममताले हामीलाई जीवनका हर लडाइ लड्ने शक्ति प्राप्त हुन्छ । आमा, शब्दको परिभाषा भन्दा पर छ, सीमामा बाँध्न सम्भव छैन । आमा शब्दको गहिराई र विशालताको परिभाषा गर्न सरल छैन । यस शब्दमा सम्पूर्ण ब्रह्माण्ड, सृष्टिको उत्पत्तिका रहस्य समाविष्ट भएको हुन्छ ।

आमा अर्थात माँ दुनियाँमा एकमात्र यस्तो शब्द जो कुनैपनि परिभाषा, अव्याख्य एवं अज्ञेय छ । आमा ईश्वरको प्यारी रचना; जसलाई महसुस यानि आत्म अनुभव गर्न सक्छौं । तैतरीय उपनिषदमा उल्लेख गरिएको छ –  “मातृ देवो भव:” अर्थात् माँ देवताभन्दा पनि उच्च स्थानमा हुन्छ । अर्थात्  नवजात शिशुको जन्मदाता जसको स्थान संसारमा सबैभन्दा माथि हुन्छ । प्रेम, करुणा, सजीव उमङ्ग एवं वात्सल्यको दोस्रो रूप आमा हुन् ।

आमा व्यक्तिको जीवनमा उसको प्रथम गुरु हुन् । यस दुनियाँमा वात्सल्यको अर्थ मिल्ने एक शब्द नै “माँ” हो । जसमा असीम ऊर्जा एवं अनन्त दर्शन निहीत हुन्छ । उनलाइ विभिन्न रुप-स्वरूपमा पूज्छौ । कोही पनि व्यक्ति मातृ ऋणबाट मुक्त हुन सक्दैन । हाम्रा वैदिक धर्मसंस्कृतिमा जन्मजननी एवं जन्मभूमि दुवैलाई आमाको स्थान दिइएको छ । जननी जन्म दिई यस लोकको दर्शन गराउँछिन्, त्यसैले संसारमा आमाको पद सर्वोच्च हुन्छ । “भूमे: गरीयसी माता” ( आमा भूमि भन्दा बढी हुन् ) । त्यसैले आमा शब्द मनुष्यको लागि देवी-देवताको पनि देवता भन्ने गरिन्छ – “माता किल मनुष्याणां देवतानां च दैवतम् “।

जन्मजननीको मातृत्व रुप संसारकै अमूल्य साधना, सबैभन्दा उच्च तपस्या, सबैभन्दा बढी त्याग एवं सर्वोच्च महाविजय हो । दोस्रो आमा जन्मभूमि (जगत माता) हो । उसैको अन्न र जलले जीवन पायौं, जन्मभूमि जहाँ सम्पूर्ण प्राणी जन्मदेखि मृत्युसम्म यात्रा धर्तीमा हुने, यहीँ धर्तीको विशाल हृदयमा सम्पूर्ण प्राणी निश्चित भइ विचरण गर्दछन् । उसैको सभ्यता र संस्कृतिले हामीलाई जीवनका मूल्यमान्यताको ज्ञान दियो । जन्मभूमि पूज्य हुन्छ, किनकि जगतमा पालनपोषण, क्रीडाकर्म तथा उपसंहारका सम्पूर्ण श्रेय मातृभूमिको हुन्छ । त्यसैले पुण्यमयी माता मान्छौँ । व्यक्ति आफ्नो भौतिक आवश्यकता जन्मभूमि अर्थात् धर्तिबाट पूर्ति गर्छ भने जीवनदायी आवश्यकताको पूर्ति जन्म जननीबाट गर्छ ।

मनुष्यदेखि पशुपंक्षीसम्म आत्मनिर्भर, स्वावलम्बी एवं कुशल बनाउनमा उनकी माता स्वयं सामेल हुन्छिन् । सन्तानको सुरक्षाप्रति सदा सचेत रहि आफ्नो ममत्व दर्शाउँछिन् । परन्तु ठीक यसको विपरीत व्यक्ति स्वयं बढ्दो उमेर र बुद्धिको विकासका कारण आफ्नो सुरक्षा र आवश्यकता प्रति स्वार्थी बनि माताप्रति उदासीन र कर्तव्य विमुख रहन्छन् ।

ममत्वकी छाँयामा रहि सद्गुण, संस्कार, नम्रता प्राप्त गर्छन् र जीवनमा समस्त सुखका साथै लक्ष्य प्राप्ति पश्चात् अफ्नो कर्तव्य निर्वाहमा आमाको स्नेह र ममत्वलाई उपेक्षित गर्छन्, कहिँकतै समाजमा यस्ता घटना पनि देखिन्छन् । बच्चाको पहिलो प्रभाव परिवारको माहोल र आमाले दिएका शिक्षामा निर्भर पर्दछ, शारीरिक एवं मानसिक रुपमा सबल बन्नमा । घरपरिवार हाम्रो शक्ति एवं आन्तरिक ऊर्जाको केन्द्र हो । पारिवारिक माहोलमा हुर्काइकै कारण व्यक्ति सामाजिक जीवनमा सर्वोच्च सत्ता प्राप्त गर्दछ । सामाजिक, सांस्कृतिक एवं जीवन मूल्यमान्यताको प्राथमिक पाठशाला हाम्रो घर हो । एउटी आमाको वात्सल्य, ममत्व, स्नेह, त्याग र विश्वासले नै परिवारका सदस्यलाई जीवनको अभिन्न अङ्ग बनाई आपसमा सुमधुर र सौहार्द सम्बन्ध कायम गरि आपसी प्रेम, सद्भाव, त्याग र समर्पणका माध्यमद्वारा आदर्श परिवार बनाउन सक्छिन् ।

अहिलेको बदलिँदो समाजमा आधुनिकीकरणले व्यक्तिमा पर्न गएको मनोविज्ञान, औद्योगिकीकरण, रोजगारी, व्यापार एवं राजनीतिक स्थिरताका कारण मानिसहरू अवसर, उच्च शिक्षा, उज्ज्वल भविष्य, स्वास्थ्य, आर्थिक अवस्था, खाद्यान्नको अभावका कारण समयसँगै सहज जीवन र व्यक्तिगत खुसीका लागि गाउँबाट शहर र शहरबाट विदेश हिँड्नुपर्ने बाध्यता अहिलेको यथार्थ हो । समय चक्रसँगै संयुक्त परिवार बिस्तारै टुक्रिन्दै छुट्टिएका सदस्यका कारण आजकल एक्कोपन र नैराश्यले ठाउँ लिदा परिवारको महत्व झन्  टड्कारो बन्दै गएको छ । विदेश पलायन हुने बढ्दो जनशक्तिले सिङ्गो राष्ट्रलाई दीर्घकालीन नकारात्मक प्रभाव पर्छ र परिरहेको छ ।

यही संक्रमणकालीन परिवेशमा सबैभन्दा बढी मर्का वृद्ध बा-आमाले भोगिरहेका छन् । डाँडामाथिको डुब्न लागेको घामजस्ता बा-आमालाई एक्लै अरुको भरमा घरमा छोड्ने र वृद्धाश्रममा लगेर छोड्ने र आफू विदेश पलायन हुने संस्कार बढ्दो क्रममा छ । वयोवृद्ध अवस्थामा एकातिर सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नु पर्दाको पीडा छ भने अर्कोतिर शारीरिक अस्वस्थता, मानसिक तथा मनोबैज्ञानिक पीडा, एक्लोपन, उदासीनता र हीनता बोधको पीडा खेपिरहेका छन् ।

आमा आफैँमा प्रकृतिको स्वरूप हुन्, निःस्वार्थ प्रेम जसको बदलामा केही पनि नदिन दिन जान्छिन् । आमा एक यस्तो शब्द जो ममता, वात्सल्य, त्याग, ज्ञान, कर्तव्य, समर्पण र निस्वार्थ सेवाको प्रतीक हो । आमा शब्द केवल एक सम्बोधन मात्र नभएर भावनाको महासागर हो, जसमा स्नेह, सुरक्षा एवं अपनत्व समाविष्ट हुन्छ ।  अलगअलग भाषा र साहित्यमा माँ (आमा) को कैयौं नामले पुकार्छाैं । फेरि पनि भावना हमेशा एक हुने असीम प्रेम, रेखदेख र क्षेमकुशल । आमा अर्थात आमाको धेरै पर्यायवाची शब्द छन्: अंबा, माता, जननी, जन्मदात्री, प्रसूता, अम्बिका, अम्मा, धात्री एवं प्रसू । यी सबै शब्दले आमाको अलगअलग स्वरुप दर्शाउँछ । यी शब्दलाई वाक्यमा प्रयोग र सही अर्थका साथै महत्व स्पष्ट बुझ्न सक्छौं:-

१. माँ देवीको रुप हो, जो निःस्वार्थ भाव आफ्नो सन्तान र परिवारका निम्ति संघर्षरत खडा हुन्छिन् ।

२. माँ अन्नपूर्ण, लक्ष्मी र ममताको मिसाल अर्थात दृष्टान्त हुन् ।

३. एक माँ सम्पूर्ण इच्छा र दु:ख आफ्नो हृदयमा समाहित गरि सन्तानलाई स्याहारसम्भार गर्छिन् ।

४. माँ आफ्नो सन्तानको सुखदुःखका सबैभन्दा महत्त्वपूर्ण सहारा हुन्छिन् ।

५. एक जन्म जननीको समान अरु दोस्रो निस्वार्थ नाता हुँदैन।

६. वैदिक धर्म संस्कृतिमा आमालाई अम्बा, दुर्गाको रुपमा पूजनीय मानिन्छ।

७. एक जननी आफ्नो सन्तानको सिर्फ जन्म मात्र नदिएर उसको सुसंस्कारित भविष्यको संवारती।

आमाको ममता एवं वात्सल्य निःस्वार्थ हुन्छ, किनकि कष्ट र त्यागको महसुस गराउन खोज्छिन् तर सन्तानप्रतिको वात्सल्य एवं अनमोल प्रेमको मूल्य देखाउँदिनन्, जहाँ निःस्वार्थ स्नेहको सागर सन्तानबाट केही चाहँदिनन् । माँ अनन्त शान्ति र शक्ति धारण गर्छिन्, त्यसैले ईश्वरीय शक्तिका प्रतीरुप मानि ईश्वरकै सादृश्य मान्छौँ । माताकै समीप रहि उनीको सेवा गर्छौं, उनीको शुभवचन, शुभाशिषले आनन्द मिन्छ, जो अवर्णनीय छ ।

महर्षि वेदव्यासले माँ को महिमापूर्ण वर्णनको उल्लेख यस प्रकार गर्नु भएको छ:

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गति: ।

नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया ।।

अर्थात्  माताको समान कोहि छाँया छैन, कोहि आश्रय छैन, कोहि सुरक्षा छैन । माताको समान यस विश्वमा कोहि   जीवनदाता छैन।।

सन्तानको लागि उसकी आमाको आँचल दुनियाँकै सबैभन्दा भन्दा सुरक्षित स्थान हुन्छ । आमाको ममताको कुनै मोल हुँदैन । आमाले गर्भमा ९ महिनासम्म प्रसव पीडा र कष्ट सहेर गर्भ धारण गरेर बच्चालाई जन्म दिन्छिन् । जन्म पश्चात्  नै आमाले आफ्नो बच्चालाई अमृतमय दूधले पालनपोषण गर्छिन् । आमाकै कोख र सामीप्य बाल्यकालदेखि यौवन अवस्था बित्छ । आमा र सन्तान सम्बन्ध ममता र वात्सल्यले भरिएको हुन्छ । एक नवजात बच्चाको यस संसारमा प्रहिलो प्रेम, पहिलो गुरु, पहिलो साथी आमा हुन् । आमाले बच्चालाई हुर्काउन मात्र नभएर यस संसारको बारेमा बुझाउँछिन् साथै नैतिक शिक्षा, व्यावहारिक ज्ञान साथै सुसंस्कारित बनाउन ध्यानपूर्वक प्रयत्न गर्छिन् किनकि सन्तान संस्कारी र कर्तव्यपरायण बनोस् ।

हरेक आमाका इन्छा “आफ्नो बच्चा आदर्श बच्चा बनोस्” भन्ने हुन्छ; सुयोग्य सन्तान र असल नागरिक बन्नुमा आमाको अहम भूमिका रहन्छ । जन्मजननी  समुद्रतट हुन् , आमा शान्तिकारिणी हुन्, सन्तानको उपद्रो, क्रोध, उग्रताका दमन गर्छिन् । आमा सुखकर्त्री हुन्, किनकि सन्तानका लागि अनुकूल अभीप्सित वातावरण बनाई दिन्छन् । सन्तानका लागि मात्र नभएर सम्पूर्ण परिवारमाथि ध्यान राख्छिन्, उनी परिवारको भावनात्मक मेरुदण्ड हुन् । आमा श्रद्धास्पद तीन शब्द: ममता, वात्सल्य, निस्वार्थ ।