२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाका मधेस प्रदेश संसदीय दलको नेतामा राइन



अ+ अ-

धनुषा। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राइन चयन हुनुभएको छ ।

पार्टीका संसदीय दलका नेता अभिराम शर्मा थमन विक हत्याको आरोपमा दोषी ठहर भएपछि रिक्त पदमा राइन आज चयन हुनुभएको हो । लोसपाका प्रदेशसभा सदस्य शर्मा थमन विक हत्याको आरोपमा अदालतबाट दोषी ठहर भएपछि मधेस प्रदेशसभाले उहाँलाई निलम्बन गरेको थियो ।

निलम्बनपछि पनि लोसपाले मधेस आन्दोलनका क्रममा भएका घटना अधिकारका लागि भएको आन्दोलन रहेकाले शर्मा निर्दोष रहेको दाबी गर्दै शर्मालाई संसदीय दलको नेताका रूपमा राखिरहेको थियो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई राइन मधेस प्रदेशको संसदीय दलका नेता रहेको जानकारी गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधनअनुसार मधेस प्रदेशसभामा संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राइनलाई अर्को व्यवस्था नहुन्जेलसम्म मनोनयन गरिएको अध्यक्ष ठाकुरले लेख्नुभएको पत्रमा उल्लेख छ ।

त्यसैगरी, राइनले आजै प्रदेशसभामा यस विषयमा जानकारी गराउँदै संसदीय दलको नेताका रूपमा पदभारसमेत ग्रहण गर्नुभएको छ । रासस