२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रियल म्याड्रिड, बायर्न, म्यान्चेस्टर सिटी र युनाइटेड नकअाउट चरणमा प्रवेश



अ+ अ-

एक खेल अघि नै च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेको स्पेनकाे महारथी क्लब रियल म्याड्रिड समूह चरणको अन्तिम खेलमा पराजित भएकाे छ ।

आफ्नै घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल म्याड्रिड रूसी क्लब सीएसकेए मोस्कोभासँग ३–० गोलअन्तरले पराजित भयाे । मोस्कोभालाई जित दिलाउन फेडर चालोभ, जिओर्गी स्चेनिकोभ र एर्नोर सिगुर्डसनले गोल गरे ।

पहिलो हाफमा नै दुई गोलको अग्रता लिएको मोस्कोभाले दोस्रो हाफमा थप एक गोल गर्दै रियललाई ३–० गोल अन्तरले पराजित गरेकाे  हो । खेलको ३७औं मिनेटमा चालोभले गोल गर्दै मोस्कोभालाई अग्रता दिलाएका थिए । खेलको ४३औं मिनेटमा स्चेनिकोभले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७३औं मिनेटमा सिगुर्डसनले गोल गर्दै ३–० गोलको जित दिलाए ।

तर रियल म्याड्रिड पराजित भएपनि समूह जी को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ । रियल म्याड्रिडले ६ खेलबाट १२ अंक बनाएको छ। जित हात पारेपनि मोस्कोभा समूह चरणबाटै बाहिरिएको छ ।

अन्य नतिजाहरू

म्यान्चेस्टर सिटी र हाेफेनहाइम (२ – १) – सिटी नकअाउट चरणमा प्रवेश

भ्यालेन्सिया र मान्चेस्टर युनाइटेड (२ – १) – युनाइटेड नकअाउट चरणमा प्रवेश

अायाक्स र बायर्न (३ – ३) –  बायर्न र अायाक्स दुबै नकअाउट चरणमा प्रवेश

साख्तार र लियाेन (१ – १) – लियाेन नकअाउट चरणमा प्रवेश

याेङ ब्याइज र युभेन्टस (२ – १) – युभेन्टस नकअाउट चरणमा प्रवेश