२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रियल म्याड्रिड, बायर्न, म्यान्चेस्टर सिटी र युनाइटेड नकअाउट चरणमा प्रवेश



अ+ अ-

एक खेल अघि नै च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेको स्पेनकाे महारथी क्लब रियल म्याड्रिड समूह चरणको अन्तिम खेलमा पराजित भएकाे छ ।

आफ्नै घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल म्याड्रिड रूसी क्लब सीएसकेए मोस्कोभासँग ३–० गोलअन्तरले पराजित भयाे । मोस्कोभालाई जित दिलाउन फेडर चालोभ, जिओर्गी स्चेनिकोभ र एर्नोर सिगुर्डसनले गोल गरे ।

पहिलो हाफमा नै दुई गोलको अग्रता लिएको मोस्कोभाले दोस्रो हाफमा थप एक गोल गर्दै रियललाई ३–० गोल अन्तरले पराजित गरेकाे  हो । खेलको ३७औं मिनेटमा चालोभले गोल गर्दै मोस्कोभालाई अग्रता दिलाएका थिए । खेलको ४३औं मिनेटमा स्चेनिकोभले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७३औं मिनेटमा सिगुर्डसनले गोल गर्दै ३–० गोलको जित दिलाए ।

तर रियल म्याड्रिड पराजित भएपनि समूह जी को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ । रियल म्याड्रिडले ६ खेलबाट १२ अंक बनाएको छ। जित हात पारेपनि मोस्कोभा समूह चरणबाटै बाहिरिएको छ ।

अन्य नतिजाहरू

म्यान्चेस्टर सिटी र हाेफेनहाइम (२ – १) – सिटी नकअाउट चरणमा प्रवेश

भ्यालेन्सिया र मान्चेस्टर युनाइटेड (२ – १) – युनाइटेड नकअाउट चरणमा प्रवेश

अायाक्स र बायर्न (३ – ३) –  बायर्न र अायाक्स दुबै नकअाउट चरणमा प्रवेश

साख्तार र लियाेन (१ – १) – लियाेन नकअाउट चरणमा प्रवेश

याेङ ब्याइज र युभेन्टस (२ – १) – युभेन्टस नकअाउट चरणमा प्रवेश