१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावासमा क्रिकेट



अ+ अ-

काठमाडौं – पाकिस्तानी दूतावासको आयोजनामा ट्वान्टी–२० क्रिकेट प्रतिगोगिता बुधबारदेखि सुरु भएको छ। महाराजगञ्जस्थित पाकिस्तान दूतावासको क्रिकेट ग्राउन्डमा भएको प्रतियोगिताको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए।

कार्यक्रममा मेयर शाक्यले दुई देशबीचका युवाहरूलाई क्रिकेटको माध्यमबाट जोड्ने कार्य सराहनीय रहेको बताए। उनले दूतावासले वार्षिक रूपमा खेलकुद आयोजना गर्दै पुर्याएको योगदान तारिफयोग्य रहेको उल्लेख गरे। पाकिस्तान राजदूत मजहर जावेदले वार्षिक रूपमा गरिने खेलकुद नेपाली युवामाझ लोकप्रिय बनिरहेको बताए।

दूतावासकै मैदानमा हुने प्रतियोगिता आगामी  पुस ५ सम्म हुनेछ। प्रतियोगितामा १६ टिमको सहभागिता छ। बुधबार पाँच पोखरी क्रिकेट क्लबले पाकिस्तानी दूतावासलाई हराउँदै विजयी सुरुआत गरेको छ।