५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेकी मेङको ‘बदला’मा चीनले पक्रियो दुई जना क्यानडेली



अ+ अ-

चिन । चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत तथा उपाध्यक्ष सरविना मेङ वानजाउलाई पक्रेको ‘बदला’मा चीनले दुई क्यानडेलीलाई हिरासतमा लिएको छ।
आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको भन्दै चीनले क्यानडाका एकजना कूटनीतिज्ञ र एकजना व्यापारीलाई केही दिनअघि पक्राउ गरेर अनुसन्धान थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
साउथ चाइना मर्निङ पोष्ट पत्रिकाका अनुसार चीनमा बसेर उत्तर कोरियालाई लक्षित गरी व्यापार गर्ने क्यानडेली माइकल स्पाभोरलाई नियन्त्रणमा लिएर चीनले अनुसन्धान थालेको छ।
स्पाभोर मंगलबार साँझ दक्षिण कोरियाको राजधानी सउलमा एक कन्फ्रेन्समा सहभागी हुने कार्यक्रम थियो। तर उनी त्यहाँ नदेखिएपछि शंका उब्जेको थियो।
चीनले बुधबार उनलाई नियन्त्रणमा लिएको सार्वजनिक गरेको छ।
यसअघि सोमबार बेइजिङ भ्रमणमा रहेका क्यानडेली कूटनीतिज्ञ माइकल क्रोभिकलाई नियन्त्रणमा लिइएको थियो।
यता क्यानडाको भ्यानकुभरमा पक्राउ परेकी हुवावेकी उपाध्यक्ष मेङलाई कडा निगरानीका बीच हिरासतमुक्त गरिएको छ।
धरौटीमा रिहा भएकी मेङको खुट्टामा जिपिएस ब्रासलेट बाँधिएको छ। यसले उनी कहाँकहाँ गइन् भन्ने देखाउँछ। निजी सुरक्षागार्डले २४ सै घन्टा उनको निगरानी गर्ने सर्त पनि राखिएको छ। मेङका हङकङको र चिनियाँ दुबै पासपोर्ट पनि क्यानडेली अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।
मेङ भ्यानकुभरमा पतिको नाममा रहेको घरमा बस्नेछिन्। उनी फ्रेबुअरी ६ मा हुने सुपुर्दगी सुनुवाइका लागि अदालत जानेछन्।
अमेरिकाले इरानमाथि आफूले लगाएको प्रतिबन्ध उल्लंघन गर्दै हुवावेले सामान पठाएको आरोपमा मेङलाई पक्राउ गर्न लगाएको हो। उनलाई अमेरिका सुपुर्दगी गर्न उसले क्यानडालाई भनिरहेको छ।एजेन्सी