२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले अन्तिम १६ मा लिभरपुल र रोमा प्रतिस्पर्धीको रुपमा पाउन सक्ने



अ+ अ-

काठमाडौं । जारी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम ३२ को समीकरण पूरा भए छ । आगामी सोमबार हुने ड्रबाट  ठुला र उपाधिका दाबेदार टोलीलाई राउन्ड १६ मा  प्रतिस्पर्धीमा को पर्ला भन्ने कुराले सताउन थालेको छ ।

स्पेनिस क्लब बार्सिलोना यसपालि उपाधिमा प्रमुख दाबेदार मानिएले अन्तिम १६ मा को सँग भिड्न्त पर्ने हो भन्दै चर्चाको बिषय बन्दै छ ।बार्सिलोना आफ्नो समूह ‘बी’ को विजेता बनेकाले उसले अन्य समूहको उपविजेता टोली प्रीतस्पर्धी पाउनेछ । उसले आफ्नै समूहको उविजेता इंग्लिस क्लब टोटनह्यामलाई भेट्ने छैन ।

अन्तिम १६ मा समूह ‘सी’बाट इंग्लिस क्लब लिभरपुल, समूह ‘एच’बाट म्यानचेस्टर युनाइटेड, समूह ‘डी’बाट जर्मन क्लब शाल्के, समूह ‘ई’बाट नेदरल्यान्ड्सको क्लब अजाक्स, समूह ‘एफ’बाट फ्रेन्च क्लब लियोन र समूह ‘जी’बाट इटालियन रोमामध्ये कुनै एक प्रतिस्पर्धी पाउने संभावना रहेको छ ।