१० भाद्र २०८३, बुधबार
,
Latest
पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, छ घाइते



अ+ अ-

गाईघाट । उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो ।

ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाईसमेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो । अहिले मृतकहरुको शव गाईघाट जिल्ला अस्पतालमा ल्याइसकिएको छ । गम्भीर घाइतेको उपचार उक्त अस्पतालमा सम्भव नभएपछि विराटनगरको नोबेल अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ । रासस




भर्खरै