२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग



अ+ अ-

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ । आयोजक नेपालले उद्घाटनको पहिलो खेलमा भुटानलाई प्रतिद्धन्द्धी पाएको हो ।

विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने समुहको अन्तिम खेलमा नेपाल र बंगलादेश खेल्नेछन । पहिलो पटक नेपालमा मार्च १२ देखि २२ तारिखसम्म आयोजना हुन लागेको प्रतियोगिता एन्फाले पहिलो पटक विराटनगरमा साफ महिला च्याम्पियनसिप गर्ने निर्णय गरेको छ ।

प्रतियोगिताका लागि नेपालले तयारी सुरु गरिसकेको छ । करीव तीन महिना अगाडी बाट सुरु गरेको नेपालले पहिलो चरणमा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसबाट नेपालले अन्तिम नामावली तयारी पार्नेछ । प्रशिक्षणको विचमा नेपाली टिमले तीन वटा मैत्रीपुर्ण खेल खेल्ने योजना रहेको छ । नेपालको टिमलाई हरी खड्काले प्रशिक्षण दिइरहेका छन ।