३ पुष २०८२, बिहीबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग



अ+ अ-

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ । आयोजक नेपालले उद्घाटनको पहिलो खेलमा भुटानलाई प्रतिद्धन्द्धी पाएको हो ।

विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने समुहको अन्तिम खेलमा नेपाल र बंगलादेश खेल्नेछन । पहिलो पटक नेपालमा मार्च १२ देखि २२ तारिखसम्म आयोजना हुन लागेको प्रतियोगिता एन्फाले पहिलो पटक विराटनगरमा साफ महिला च्याम्पियनसिप गर्ने निर्णय गरेको छ ।

प्रतियोगिताका लागि नेपालले तयारी सुरु गरिसकेको छ । करीव तीन महिना अगाडी बाट सुरु गरेको नेपालले पहिलो चरणमा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसबाट नेपालले अन्तिम नामावली तयारी पार्नेछ । प्रशिक्षणको विचमा नेपाली टिमले तीन वटा मैत्रीपुर्ण खेल खेल्ने योजना रहेको छ । नेपालको टिमलाई हरी खड्काले प्रशिक्षण दिइरहेका छन ।