४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

मनाङले जिते उपाधि पक्का : आर्मीको जितले उपाधि होड खुला

मनाङले जिते उपाधि पक्का : आर्मीको जितले उपाधि होड खुला
अ+ अ-

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । सातौँ चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले उपाधिको टुङ्गो वा उपाधि होड खुल्ला गर्नेछ ।

आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दाबेदारी लगभग समाप्त हुनेछ । मनाङले जित दर्ता गरेमा उपाधि दाबेदारीमा बलियो स्थान बनाउनेछ ।

मनाङविरुद्व आर्मीको जित निकाल्न सके उपाधि होड खुला हुनेछ । त्यसमा आर्मीसँगै थ्री स्टार र सङ्कटाले समेत चुनौती पेश गर्ने अवसर प्राप्त गर्नेछन् । तर मनाङले जितेको खण्डमा उसले लिगमा स्पष्ट छ अङ्कको अग्रता लिनेछ र अन्य क्लबको उपाधि सम्भावना पातलो बन्ने छ ।

खेलविज्ञ सञ्जीव मिश्र भन्नुहन्छ, “आजको खेलमा मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्यो भने उपाधि मनाङले नै जित्नेछ । तर आर्मीले जिते उपाधि होडमा आर्मीसँगै थ्री स्टार र सङ्कटाले पनि दाबेदारी प्रस्तुत गर्न सक्नेछन् ।”

सात खेलबाट २१ अङ्कका साथ शीर्ष स्थानमा रहेको मनाङले आजको खेल जिते २४ अङ्क हुनेछ । दोस्रो स्थानमा रहेको सङ्कटाको पनि २१ अङ्क रहे पनि उसले एक खेल बढी खेलेको छ । त्यस्तै थ्रीस्टारको पनि सात खेलबाट १८ र आर्मीको सात खेलबाठ १७ अङ्क रहेको छ ।

आजको खेलमा जित निकालेको खण्डमा मनाङले अङ्कतालिकामा स्पष्ट छ अङ्कको अग्रता बनाउनेछ । लगातार सात खेलमा जित निकाल्दै उसले लिगमा एकल अग्रता बनाइसकेको छ । उसलाई सङ्कटा, थ्री स्टार त्रिभुवन आर्मीले पच्छ्याइरहेका छन् । सङ्कटा दोस्रो, थ्री स्टार तेस्रो र आर्मी चौंथो स्थानमा रहेका छन् ।

आर्मी पनि अपराजित टोली हो । आर्मीले पाँच खेलमा जित निकाल्दा दुईमा बराबरीको नजिता निकालेको छ । मनाङ मस्र्याङ्दी क्लबले अहिलेसम्म सात पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालिसकेको छ । आर्मीले भने उपाधि जित्न सकेको छैन ।

प्रतियोगिताको नतिजा हेर्दा मनाङले १३ गोल गर्दा मात्र तीन गोल खाएको छ । यस्तै आर्मीले १२ गोल गरेको छ, भने चार गोल गोल मात्र खाएको छ । लिगअघि दुबै क्लबलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको थियो ।

मनाङले सोहीअनुसार नै लगातार सात खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ । उता विभागीय टोली आर्मीले भने लिगको उद्घाटन खेलमै कमजोर टोली एनआरटीसँग अङ्क बाँडेपछि शुरुमै दुई अङ्क गुमायो । छैटौँ चरणको खेलमा पनि फ्रेण्ड्ससँग बराबरीमा रोकिएपछि आर्मी मनाङभन्दा चार अङ्कले पछि परिसकेको छ ।

घरेलु फुटबलमा लिग जित्न नसकेको तथ्यले आर्मीलाई पिरोलिरहेको छ । शारीरिक र प्राविधिक रुपमा बलियो टोली आर्मी यस पटक फुटबलमा उपाधि जितेर नयाँ विरासत खडा गर्न चाहन्छ ।

आर्मीले पछिल्लो समय अग्रपङ्क्तिमा केही कमजोरी गर्दा अपेक्षित नतिजा हासिल गर्न सकेको छैन । डिफेन्स र मिडफिल्ड उच्च लयमा देखिएको आर्मीको आक्रमण भने फितलो देखिएको छ । फरवार्ड नवयुग श्रेष्ठ घाइते हुनु र जर्जप्रिन्स कार्की सैन्य प्रशिक्षणमा सामेल हुनुले आर्मीलाई धक्का पुगेको छ । कप्तान भरत खवासमा निर्भर आक्रमणमा टङ्क बस्नेत, दिनेश हेञ्जन र टेकबहादुर बुढाथोकीले अपेक्षित साथ दिन सकेका छैनन् ।

मनाङलाई यसपटक सिजनको शुरुआतदेखि नै खेलाडीको चोटले पिरोलेको छ । सुजल श्रेष्ठ लिगको दोस्रो खेल अगाडि घाइते हुनु र उनको स्थानमा आएका प्रकाश बुढाथोकी पनि डेब्युमै चोट बोक्नुले आक्रमणमा केही धक्का पुग्न सक्ने प्रशिक्षक सुमन श्रेष्ठका बुझाइ छ ।

नेपाली क्लब फुटबलकै सबैभन्दा चर्चित खेल मानिने मनाङ र थ्री स्टारबीचको खेल तेस्रो चरणमै भइसकेको हुँदा मनाङ र आर्मीबीचको खेललाई अब प्रतिक्षित खेलको रुपमा हेरिएको छ । यही खेलबाट मनाङ आर्मीको लिगमा पोजिसन कहाँ रहने भन्ने केही निर्धारण हुने बताउनुहुन्छ पूर्व राष्ट्रिय खेलाडी हरि खड्का । रासस