५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

थिमिमा नवदुर्गा नाच प्रदर्शन हुने



अ+ अ-

भादगाउँ । दश वर्षपछि मध्यपुर थिमिमा भक्तपुरको धार्मिक र सांस्कृतिक महत्वको नवदुर्गा प्रदर्शन हुने भएको छ । थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा–४ का वडाअध्यक्ष कुमार श्रेष्ठको विशेष पहलमा यो वर्षदेखि नवदुर्गा नाच पुनः प्रदर्शन हुने लागेको हो ।

एक दशकअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देव गणमाथि ज्यादती गरेको भन्दै जात्राको बीचमै भक्तपुर फर्किएको नवदुर्गापछि मध्यपुर नाच प्रदर्शन गर्न नगाएका हुन् । काठमाडौँ उपत्यकालगायत २१ ठाउँमा प्रदर्शन गर्ने यो नाच यमरी पूर्णिमादेखि सात दिन थिमिमा प्रदर्शन गरिन्छ ।

यस वर्षदेखि थिमिमा पुनः नवदुर्गा नाच प्रदर्शन गर्न जाने तयारी भइरहेको नवर्दुगा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो । उहाँले मध्यपुर थिमि नपा प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठसँग दुई बुँदे सहमति भएपछि पुनः प्रदर्शन गर्न जाने तयारी गरेको बताउनुभयो ।

सचिव बनमालाले थिमिमा नाच प्रदर्शन गर्ने जाने विषयमा विभिन्न चरणमा छलफल गरी देवगणलाई थिमिमा सात दिनसम्म खाने बस्ने व्यवस्थासँगै उनीहरुको पारिश्रमिकस्वरुप नगद रु पाँच लाख माग गरेको जानकारी दिनुभयो । माग पूरा भए आउँदो पुस ७ गते योमरी पूर्णिमाको दिनदेखि सात दिनसम्म थिमिका विभिन्न स्थानमा नवदुर्गा नाच प्रदर्शन हुने उहाँले बताउनुभयो ।

थिमिमा जाने बेला देवगणसहित करीब ३०/४० जनाको सङ्ख्यामा त्यहाँ नियमित सात दिनसम्म बस्नुपर्छ । नवदुर्गा देवगण यमरी पूर्णिमाको दिन साँझ थिमि बालकुमारी बसी त्यहाँबाट नाच प्रदर्शन गरी थिमिकै चपाचो, नगदेश, बोडे र सूर्यविनायक नगरपालिकाको दधिकोट र गाम्चासम्म जानुपर्ने परम्परा रहेको छ । रासस