२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टक एक्सचेन्जमा धर्ना छैटौं दिन, वार्ताका लागि अर्थको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा शेयर बजार सुधार, विस्तार, लगानीको सुरक्षा लगायतका विषयमा नेपाल सरकारबाट तत्काल विशेष कार्यक्रम मार्फत सम्बोधन गर्न माग गर्दै शेयर लगानीकर्ता दबाब समूहको रिले अनसन शुक्रबार छैटौं दिनमा प्रवेश गरेको छ ।

उक्त समूहले १४ बुँदे माग प्रस्तुत गरी स्टक एक्सचेन्जको मुलढोकामा रिले अनसन जारी राखेको छ ।

समूहले उठाएका मागका विषयमा छलफल गर्न दबाब समूहलाई शुक्रबार अर्थ मन्त्रालयले पत्र पठाएको छ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा यही मंसिर २० गते उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समितिलाई पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्याँकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सात दिनभित्र सुझाव पेश गर्न समय दिइएको छ ।

समूहले पूँजी बजार विरोधी अर्थमन्त्री युवराज खतिवडाको राजीनामा र पूँजी बजारमैत्री व्यक्तित्वलाई अर्थमन्त्री बनाउन, बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पु¥याउन, शेयर दलाल मार्फत तत्काल मार्जिन ट्रेडिङ खुला गर्न माग गरेको छ ।