५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु, ३५ भन्दा बढी हताहतको आशंका (अपडेट)



अ+ अ-
दुर्घटनामा घाइतेको उद्धार गरिँदैः रासस

नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १६ जनाको उद्धार गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा३ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो ।

मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको सनाखत भएको छ ।

दुर्घटनामा घाइतेको उद्धार गरिँदैः रासस

घटनास्थलबाट उद्धार गरिएकामध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारका लागि पठाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो ।

अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ । गाडीमा ४० भन्दा बढी व्यक्ति सवार रहेको बताइएको छ ।

सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागीलाई बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भई सडकबाट झण्डै ५०० मिटर तल तादी खोलामा खसेको थियो ।