५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राजधानीमा अत्याधिक चिसो महशुस, तापक्रम ३ डिग्री सेल्सियस



अ+ अ-

काठमाडौं । आज बिहान काठमाडौंमा अत्याधिक चिसो महशुस भएको छ । राजधानि काठमाडौंमा बिहान ५ बजे ३ डिग्री सेल्सियस तापक्रम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो तापक्रम यस वर्षकै सबै भन्दा कम हो ।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री रहेपनि शनिबार भने काठमाडौंको तापक्रम ४ डिग्री पुगेको थियो। आज जुम्लाको तापक्रमा माइनस १ डिग्री रहेको छ। शुक्रबार जुम्लाको तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको थियो।

त्यस्तै जोमसोमको तापक्रम माइनस १ दशमलव ५ डिग्री मापन गरिएको छ भने जिरीको तापक्रमा माइनस एक दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ।

सुदूर पहाडी जिल्ला डडेल्धुराको तापक्रम २ दशमलव २ डिग्री मापन गरिएको छ भने पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा ५ डिग्री मापन गरिएको छ। विरेन्द्रनगर सुर्खेत र लुम्लेको तापक्रम समान ४ दशमलव ५ डिग्री छ भने धनगढी र ओखलढुंगाको तापक्रम समान ६ दशमदव ८ डिग्री मापन गरिएको छ।