५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, गोरे समूहको हुनसक्ने अनुमान



अ+ अ-

काठमाडौं । नेपालमा चर्चित ३३ कुन्टल सुन काण्ड सेलाउन नपाउदै भारतको कलकत्ताबाट ३३ किलो अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएको छ ।

यस लगत्तै नेपालमा चर्चित ३३ किलो सुन तस्करी र शनम हत्याको अनुसन्धान गर्न गठित समितिले सुनबारे चासो दिएर अनुसन्धान थालेको छ । उनीहरुले प्रयोग गरेको कारमा लुकाइराखेको अवस्थामा सुन बरामद गरेको भरतीय अधिकारीहरुले पुष्टि गरेका छन् ।
सुन नेपाली नागरिकबाटै बरामद भएकाले उक्त सुन त्रिवि विमानस्थलबाटै हराएको सुन हुन सक्ने आशंकामा समितिले अनुसन्धान थालेको हो । चुडामणि उप्रेती ‘गोरे’ समूहको हराएको सुन हो कि हैन भन्नेबारे समितिले अनुसन्धान थालेको हो ।

गृह मन्त्रालय स्रोतले भन्यो ‘भारतमा सुन समातिएको कुरा आएको छ, ठूलो परिमाणमा सुन भित्रने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हो ।’ त्यसैले भारतमा समातिएको सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्ने समितिको आँकलन छ ।