२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि बिहान र दिउँसो टिपर चलाउन नपाइने



अ+ अ-

झापा ।  झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न र सवारीको चापलाई कम गर्नको लागि आजबाट टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

उनका अनुसार सवारीको अत्याधिक चाप हुने समय बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग र सहायक मार्गमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो।

सर्वपक्षीय बैठकपछि निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। निर्णय कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।