१० भाद्र २०८३, बुधबार
,
Latest
पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभाडावापत लिएको रकम फिर्ता गर्छु-योगेश भट्टराई



अ+ अ-


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने जनाएका छन् । काठमाडौंमा घर भएर पनि घरभाडा घरभाडा लिने सांसदको सूचीमा परेका भट्टराईले आज प्राप्त गरेका सम्पूर्ण रकम फिर्ता गर्ने निर्णय गरेका हुन् ।

सांसद भट्टराईले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म घरभाडावापतको रकम ९० हजार लिएको घरभाडावापतको ९० हजार रकम फिर्ता लिन संसद सचिवालयलाई पत्रचार गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी उनले लेखेका छन् घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महिनाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।’

सांसद भट्टराईले संसद सचिवालयले फारम भराउँदा काठमाडौंमा घर भएको उल्लेख गरे पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन् । ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेख व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुख व्यक्त गर्दछु’ उनले भनेका छन् ।




भर्खरै