२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफल – २०७८ मंसिर १० गते, शुक्रबार



अ+ अ-

 

२०७८ मंसिर १० गते, शुक्रवार, २६ नाेभेम्बर २०२१। मार्ग कृष्णपक्ष सप्तमी तिथि। अश्लेषा नक्षत्र, १७ः०० बजेदेखि मघा। चन्द्रराशि– कर्कट, १७ः०० बजेेखि सिंह।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट सामान्य लाभ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्नेछ। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाटै गोपनीयता बाहिरिन सक्छ। व्यावसायिक चुनौती पन्छाउन निकै मेहनत गर्नुपर्ला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। चोटपटकको योग देखिएकाले अलि सजग रहनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

केही खर्च लागे पनि मनोरञ्जनको समय छ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यमा देखिएको कमजोरीले काममा बाधा हुनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। पढाइलेखाइमा धेरै समय दिन नसकिएला। व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ।