५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएल विजेताले २५ लाख पाउने



अ+ अ-

काठमाडौँ – काठमाडाैंमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को विजेता टोलीले रु २५ लाख पाउने भएको छ ।

आयोजक इपिएल प्रालिले आज विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो ।

गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ ।

प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ ।

प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ ।