४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

हरिबोल भण्डारीले दिए काँग्रेसलाई धन्यवाद

हरिबोल भण्डारीले दिए काँग्रेसलाई धन्यवाद
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले नेपाली काँग्रेस पार्टीलाई धन्यवाद दिएका छन् । काठमाडौँमा जम्मा भएका देशभरिका काँग्रेस महासमिति सदस्यहरु सम्मिलित बैठकमा बोल्दै उनले नेपाली काँग्रेसलाई धन्यवाद ज्ञापन गरेका हुन् । उनले कांग्रेसकै नेतृत्वमा सरकार हुँदा गैरआवासीय नागरिकताको व्यवस्था गरेकोमा कांग्रेसलाई धन्यवाद दिएका हुन् । विश्वका एनआरएनले राखेको माग अनुसार विदेशमा बस्ने नेपालीहरुलाई काँग्रेस सरकारले यस्तो मान्यता दिएको उनले बताए । उनले भने– कम्युनिष्ट मन्त्री लालबाबु पण्डितले हामीहरुलाई, संसारमा बसिरहेका सारा नेपालीहरुलाई भूतपुर्व नेपाली भनेर हिंसा गरिरहँदा काँग्रेसको तत्कालिन सभापति सुशिल कोइराला प्रधानमन्त्री हुँदा गैरआवासीय नागरिकता दिने व्यवस्था गर्नुभएको छ, त्यसलाई हामी विर्सिन हुँदैन सबै मिलेर धन्यवाद दिनुपर्छ । उनले कांग्रेस प्रवासमै जन्मिएको संगठन भएकोले गर्दा पनि प्रवासी नेपालीहरुका लागि दोहोरो नागरिकताको व्यवस्था कांग्रेसले गरोस् भन्ने आग्रह आफूहरुको रहेको पनि उनको भनाई थियो ।
गैरआवासीय नेपाली संघ (एनआरनए)का सल्लाहकार समेत रहेका भण्डारीले गैरआवासीय नेपालीहरको मुद्धाले पनि प्रवेश पाएको धारणा राखे । उनले देशभरिका सबै कार्यकर्तालाई अरु नभएर काँग्रेसमात्र देखेर र समान व्यवहार गरेर अघि बढ्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह पनि गरे । उनले भने– तपाईँ आदरणीय नेताहरुले हामीहरु सबैजनालाई आफ्ना अर्काको नभन्नुहोस, काँग्रेसमात्र देख्नुहोस अनि हामी काँग्रेसी देशभरि होइन कि संसारैभरि छाउनेछौँ । काठमाडौंमा जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्य भण्डारीले गुटउपगुटबाट मुक्त गर्दै पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । महासमिति बैठकमा नेताहरुलाई तेस्र्याइएका प्रश्नहरु पनि गुट उपगुटसँगै सम्बन्धित धेरै रहेकोले अबदेखि पार्टीमा यस्तो गुट उपगुट त्याग्नुपर्नेमा उनको जोड थियो । देशमा कम्युनिष्ट सरकारका ज्यादतिका कारण सारा नेपाली जनताले काँग्रेस बलियो भएको देख्न चाहन्छन् तर पनि हामी किन आफै विपक्षी दलजस्तो भएका छौँ, हामी आफै किन एउटै पार्टीभित्र रहेर पनि एक अर्काको पार्टीजस्तो गरिरहेका छौँ उनको प्रश्न थियो । बैठकमा उनले भने–तपाईहरुले देशैभरिका काँग्रेसजनहरुका अनुहारमा चिन्तन पौडेल र जयविर देउवाको अनुहार देख्ने प्रयास गर्नुहोस, सबैकुरा ठीक हुन्छ । देशमा कम्युनिष्ट शक्तिहरु बलियो बन्दै गइरहेका बेला कांग्रेसलाई एकढिक्का बनाउन यो सुत्रले काम गर्ने उनको धारणा थियो ।