• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

हरिबोल भण्डारीले दिए काँग्रेसलाई धन्यवाद



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले नेपाली काँग्रेस पार्टीलाई धन्यवाद दिएका छन् । काठमाडौँमा जम्मा भएका देशभरिका काँग्रेस महासमिति सदस्यहरु सम्मिलित बैठकमा बोल्दै उनले नेपाली काँग्रेसलाई धन्यवाद ज्ञापन गरेका हुन् । उनले कांग्रेसकै नेतृत्वमा सरकार हुँदा गैरआवासीय नागरिकताको व्यवस्था गरेकोमा कांग्रेसलाई धन्यवाद दिएका हुन् । विश्वका एनआरएनले राखेको माग अनुसार विदेशमा बस्ने नेपालीहरुलाई काँग्रेस सरकारले यस्तो मान्यता दिएको उनले बताए । उनले भने– कम्युनिष्ट मन्त्री लालबाबु पण्डितले हामीहरुलाई, संसारमा बसिरहेका सारा नेपालीहरुलाई भूतपुर्व नेपाली भनेर हिंसा गरिरहँदा काँग्रेसको तत्कालिन सभापति सुशिल कोइराला प्रधानमन्त्री हुँदा गैरआवासीय नागरिकता दिने व्यवस्था गर्नुभएको छ, त्यसलाई हामी विर्सिन हुँदैन सबै मिलेर धन्यवाद दिनुपर्छ । उनले कांग्रेस प्रवासमै जन्मिएको संगठन भएकोले गर्दा पनि प्रवासी नेपालीहरुका लागि दोहोरो नागरिकताको व्यवस्था कांग्रेसले गरोस् भन्ने आग्रह आफूहरुको रहेको पनि उनको भनाई थियो ।
गैरआवासीय नेपाली संघ (एनआरनए)का सल्लाहकार समेत रहेका भण्डारीले गैरआवासीय नेपालीहरको मुद्धाले पनि प्रवेश पाएको धारणा राखे । उनले देशभरिका सबै कार्यकर्तालाई अरु नभएर काँग्रेसमात्र देखेर र समान व्यवहार गरेर अघि बढ्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह पनि गरे । उनले भने– तपाईँ आदरणीय नेताहरुले हामीहरु सबैजनालाई आफ्ना अर्काको नभन्नुहोस, काँग्रेसमात्र देख्नुहोस अनि हामी काँग्रेसी देशभरि होइन कि संसारैभरि छाउनेछौँ । काठमाडौंमा जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्य भण्डारीले गुटउपगुटबाट मुक्त गर्दै पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । महासमिति बैठकमा नेताहरुलाई तेस्र्याइएका प्रश्नहरु पनि गुट उपगुटसँगै सम्बन्धित धेरै रहेकोले अबदेखि पार्टीमा यस्तो गुट उपगुट त्याग्नुपर्नेमा उनको जोड थियो । देशमा कम्युनिष्ट सरकारका ज्यादतिका कारण सारा नेपाली जनताले काँग्रेस बलियो भएको देख्न चाहन्छन् तर पनि हामी किन आफै विपक्षी दलजस्तो भएका छौँ, हामी आफै किन एउटै पार्टीभित्र रहेर पनि एक अर्काको पार्टीजस्तो गरिरहेका छौँ उनको प्रश्न थियो । बैठकमा उनले भने–तपाईहरुले देशैभरिका काँग्रेसजनहरुका अनुहारमा चिन्तन पौडेल र जयविर देउवाको अनुहार देख्ने प्रयास गर्नुहोस, सबैकुरा ठीक हुन्छ । देशमा कम्युनिष्ट शक्तिहरु बलियो बन्दै गइरहेका बेला कांग्रेसलाई एकढिक्का बनाउन यो सुत्रले काम गर्ने उनको धारणा थियो ।