२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी प्रतियोगिताको उपाधि पाँच पोखरीलाई



अ+ अ-

काठमाडौँ, ६ पुस  ः नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँच पोखरी क्रिकेट क्लबले जितेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगताको फाइनल खेलमा पाँच पोखरीले रोयल इन्डो क्रिकेट क्बलाई ४३ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै पाँच पोखरीले रु ३० हजार प्राप्त ग¥यो ।

त्यस्तै उपविजेतामा चित्त बुझाएको रोयलले रु २० हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पाँच पोखरीका नवीनसिंह थापा, उत्कृष्ट ब्याट्सम्यान पाँच पोखरीकै आकाश विष्ट तथा उत्कृष्ट बलर रोयलका सुवास खत्री घोषित भए ।

विजयी खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायतले पुरस्कार वितरण गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले नेपाल र पाकिस्तानको सम्बन्ध मजबुद रहेको बताउँदै यस किसिमको प्रतियोगिताले दुई देशबीचको सम्बन्ध मात्र नभई खेल क्षेत्रको पनि विकास हुने विचार व्यक्त गर्नुभयो । उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।