• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

टी–ट्वान्टी प्रतियोगिताको उपाधि पाँच पोखरीलाई



काठमाडौँ, ६ पुस  ः नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँच पोखरी क्रिकेट क्लबले जितेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगताको फाइनल खेलमा पाँच पोखरीले रोयल इन्डो क्रिकेट क्बलाई ४३ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै पाँच पोखरीले रु ३० हजार प्राप्त ग¥यो ।

त्यस्तै उपविजेतामा चित्त बुझाएको रोयलले रु २० हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पाँच पोखरीका नवीनसिंह थापा, उत्कृष्ट ब्याट्सम्यान पाँच पोखरीकै आकाश विष्ट तथा उत्कृष्ट बलर रोयलका सुवास खत्री घोषित भए ।

विजयी खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायतले पुरस्कार वितरण गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले नेपाल र पाकिस्तानको सम्बन्ध मजबुद रहेको बताउँदै यस किसिमको प्रतियोगिताले दुई देशबीचको सम्बन्ध मात्र नभई खेल क्षेत्रको पनि विकास हुने विचार व्यक्त गर्नुभयो । उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।