१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा मलेसिया पराजित



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियालाई ६ विकेटले पराजित गरेको छ । दुबईको आइसीसी एकेडेमी मैदानमा टस जितेर बलिङ रोजेको नेपालले मलेसियालाई ९२ रनमा समेटेको थियो । मलेसियाले ७ विकेटको क्षतिमा उक्त रन बनाएको हो । 

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक ३९ रन बनाइन् । अन्य खेलाडीमा मास इलिसाले १४ र युसरिना याकोपले १२ रन जोडे । मलेसियाका दुई खेलाडी रनआउट भएका थिए ।
नेपालका लागि सबनम राईले २ विकेट लिइन् । त्यसैगरी नेपाली बलरहरु कविता कुँवर, सीता रानामगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

त्रियानब्बे रनको लक्ष्यसहित मैदानमा ओर्लिएको नेपाली टोलीले १८ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य हासिल गरेको थियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३० रन बनाइन् । 

त्यसैगरी कप्तान रुबिना क्षेत्रीले २०, सरिता मगरले नटआउट १५ र कविता कुँवरले १० रन जोडे । नेपालका पनि सीता रानामगर, क्याप्टेन रुबिना क्षेत्री र कविता कुँवर रनआउट भएका थिए । मलेसियाका लागि एक मात्र विकेट इसा एलिसाले लिएकी थिइन् । 

ग्लोबल छनोटको सम्भावना कायमै राख्नका लागि नेपालले आज मलेसियाविरुद्धको खेल जित्नै पर्ने बाध्यता थियो । छनोटअन्तर्गत नेपालले चार खेलमध्ये तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले अब आइतबार संयुक्त अरब इमिरेट्सँग खेल्नेछ ।