३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा मलेसिया पराजित



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियालाई ६ विकेटले पराजित गरेको छ । दुबईको आइसीसी एकेडेमी मैदानमा टस जितेर बलिङ रोजेको नेपालले मलेसियालाई ९२ रनमा समेटेको थियो । मलेसियाले ७ विकेटको क्षतिमा उक्त रन बनाएको हो । 

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक ३९ रन बनाइन् । अन्य खेलाडीमा मास इलिसाले १४ र युसरिना याकोपले १२ रन जोडे । मलेसियाका दुई खेलाडी रनआउट भएका थिए ।
नेपालका लागि सबनम राईले २ विकेट लिइन् । त्यसैगरी नेपाली बलरहरु कविता कुँवर, सीता रानामगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

त्रियानब्बे रनको लक्ष्यसहित मैदानमा ओर्लिएको नेपाली टोलीले १८ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य हासिल गरेको थियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३० रन बनाइन् । 

त्यसैगरी कप्तान रुबिना क्षेत्रीले २०, सरिता मगरले नटआउट १५ र कविता कुँवरले १० रन जोडे । नेपालका पनि सीता रानामगर, क्याप्टेन रुबिना क्षेत्री र कविता कुँवर रनआउट भएका थिए । मलेसियाका लागि एक मात्र विकेट इसा एलिसाले लिएकी थिइन् । 

ग्लोबल छनोटको सम्भावना कायमै राख्नका लागि नेपालले आज मलेसियाविरुद्धको खेल जित्नै पर्ने बाध्यता थियो । छनोटअन्तर्गत नेपालले चार खेलमध्ये तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले अब आइतबार संयुक्त अरब इमिरेट्सँग खेल्नेछ ।