२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिचन्द्र क्याम्पसमा आगलागी



अ+ अ-

काठमाडौँ : काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा अाइतबार साँझ आगलागी भएको छ ।

जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले स्ववियू कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिनुभयो ।

बेलुका ६ बजेदेखि लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थीको सहयोगमा नियन्त्रणमा लिइएको छ । करीब एक घण्टा आगलागी भए पनि कलेज बन्द भएका कारण क्षतिको विवरण आउन सकेको छैन ।