१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलाता अग्निपीडितका लागि राजधानीमा कालिकाेटका युवाव्दारा राहत संकलन



अ+ अ-

काठमाडौं। कालिकोट जिल्लाको दुर्गम क्षेत्र पलाता गाँउपालिकाको वडा नं. १ खाडागाँउमा आगलागी हुँदा गाउँका सबै घरहरु जलेर ध्वस्त भएका छन् ।

आगलागीले सिङ्गो गाउँ जलेको छ भने गाउँलेहरू घरबारबिहिन बनेका छन् ।

काठमाडौमा विभिन्न पेशा व्यवसाय गरेर बसिरहेका कालिकोटका युवाहरुले पलताका अग्निपिडितको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् । पीडितलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले उक्त अभियान सुरु गरिएको आयोजकले जानकारी दिएका छन् ।

आइतबार मध्याह्न काठमाडौको महाबौद्ध क्षेत्रबाट सुरु गरिएको अभियान सोमबार राजधानीमा थप राहत सामग्री संकलन गरेर कालिकोट पठाउने उनीहरुको तयारी छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त युके, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तिलकप्रसाद उपाध्याय, युवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज शाही लगायत युवाहरुको अगुवाइमा राहत संकलन सुरु गरिएको हो ।

राहत संकलन अभियानमा काठमाडौमा बसिरहेका विद्यार्थी, व्यवसायी, पत्रकार, राजनीतिक नेताकार्यकर्ताको उपस्थिति रहेको छ ।

यसुदा बराल, मनराज सिमखाडा, बिरेन्द्र बिस्ट, प्रकाश शाही, दिपकराज सञ्ज्याल, हेमराज बराल, कपिल सुबेदी, सुरेश शाही, लक्ष्मण सुबेदी, पंन्चकुमार सुबेदी, टंकप्रसाद सुबेदी, मेगिन्द्र जैसी, गोकर्ण जैसी, कुल सञ्ज्याल लगायत युवाहरु राहत सामग्री संकलनमा जुटिरहेका छन् ।

मध्यरातबाट सुरु भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेका छन् भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका छन् ।