२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

“उपचार खर्च ४ कराेड बाँडियाे, याे पैसा कसले पायाे ?”- गगन थापा



अ+ अ-

काठमाडौँ –  नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाउनुभएको छ ।

सो विधेयकमा विशिष्ट व्यक्तित्वले स्वदेशमा नै उपचार गर्नुपर्ने तथा मन्त्रालयले उपचार खर्च वितरणसमेत नगर्ने प्रावधान रहेको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको साेमबारको बैठकमा उहाँले विधेयक जारी भएपछि मन्त्रालयबाट रु चार करोड वितरण भइसकेको जानकारी दिँदै नयाँ ऐन ल्याउनुको के अर्थ रह्यो भन्ने प्रश्न गर्नुभयो ।

पूर्वमन्त्री थापाले भन्नुभयो, “कुन कुन व्यक्तिले कुन कुन रोगका उपचार गर्न कति खर्च लिएका छन्, सार्वजनिक गर्नुपर्छ ।” उहाँले मन्त्रालयले तयार पारेको उपचार खर्च कार्यविधिलाई किन पालना गरिएन भन्नुभयो ।

नेता थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास भइराखेको जानकारी दिँदै एकपटक डा गोविन्द केसीसित विधेयकका बारेमा छलफल गरिने जानकारी दिनुभयो ।