८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

दुई कोरियाबीच अभूतपूर्ण समारोह सम्पन्न, के एक होला त?

दुई कोरियाबीच अभूतपूर्ण समारोह सम्पन्न, के एक होला त?
अ+ अ-

सोल । दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ ।

सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ । यस समारोह
मा दक्षिण र उत्तर कोरिया गरी एकएक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।

यस समारोह स्थानीय समयानुसार बुधबार बिहान १० बजे शुरु भएको थियो । गत सेम्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली उच्च नेता किम जोङ–उनबीच प्योङयाङमा सम्पन्न शिखर सम्मेलनका क्रममा भएको सम्झौता अनुसार नै यो कार्य सम्पन्न भएको बताइएको छ ।

उक्त सम्मेलनामा यस बर्षको अन्त्यसम्ममा नै कोरियिाली प्रायःद्वीपको सीमा क्षेत्रमा रेलमार्ग र सडक मार्ग बनाइने सम्झैता भएको थियो । गत अप्रिलमा मुन र किमबीच भएको पहिलो सम्मेलनमा नै आधुनिक र पूर्वी र पश्चिम कोरियाली प्रायःद्वीपमा आधुनिक रेलमार्ग र सडकमार्ग जोडिने सम्झौता भएको थियो ।

दक्षिण कोरियाली भूमिसुधार मन्त्री, आधारभूत संरचना मन्त्री किम ह्युन मि, यातायात मन्त्री किम युन ह्योक र उत्तर कोरियाका उप रेलवे मन्त्रीको सो समारोहमा सहभागिता रहेको थियो ।

त्यसैगरी दक्षिण कोरियाको तर्फबाट अन्य उच्चस्तरीय सरकारी अधिकारीहरुको पनि सहभागिता रहेको जनाइएको छ । कार्यक्रममा सन् १९५० बाट १९५३ सम्मको कोरियाली युद्धताका छुट्टिएका पाँच सर्वसाधारणलाई दक्षिण कोरियाका तर्फबाट निमन्त्रणा गरिएको थियो ।

उत्तर कोरियाका तर्फबाट शान्ति र पुनः एकीकरण जन्मभूमि कमिटीका अध्यक्ष रि सन–ग्वोन र अन्य चार उच्चस्तरीय सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।

दक्षिण कोरियाको राजधानी सोलको सोल रेलवे स्टेशनबाट दक्षिण कोरियाली १०० सहभागीलाई नौ ओटा कार र रेलमा कोरियाली प्रायःद्वीपमा सीमाक्षेत्र डोरासनमा लगिएको थियो ।