८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप
अ+ अ-

काठमाडौँ । दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।”

अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विकेट लिइसकेका छन् ।

क्याम्पा चौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को भाउ विश्व क्रिकेट बजारमा अहिले करोडौं पुगिसकेको छ । यसै वर्ष मात्र विभिन्न अन्तर्राष्ट्रिय लिगमा सहभागिता जनाएका सन्दीपले नामसँगै दुई करोड रुपैयाँभन्दा बढी आम्दानीसमेत गरेका छन् ।

अष्ट्रेलियामा पहिलो पटक व्यावसायिक क्रिकेट खेल्न लागेका सन्दीपले न्यानो माया र सत्कार पाएका छन् । मेलबर्नका कप्तान ग्लेन म्याक्सवेल तथा रिकी पोन्टिङ र माइकल क्लार्कसँग परिचयका कारण उनलाई अष्ट्रेलिया नौलो लागेको छैन । सन्दीपले इण्डियन प्रिमियर लिग (आइपिएल)मा म्याक्सवेलसँग खेलेका थिए भने पोन्टिङ नयाँ दिल्लीका प्रशिक्षक थिए ।

चर्चित टिप्पणीकार तथा पाकिस्तानका पूर्व खेलाडी रमित राजाले पनि सन्दीपको प्रदर्शनको खुलेर चर्चा गरेका छन् । रमितले भनेका छन् – “उसको स्वभावले मलाई आकर्षण गरेको छ । यो उमेरमा पनि उसले सबै कुरालाई नियन्त्रणमा राख्न सकेको छ । भविष्यको यो स्टार खेलाडी हो ।”

दुई वर्षअघिसम्म सन्दीप लामिछानेलाई चिन्ने विरलै थिए । तर, सन् २०१६ मा बङ्गलादेशमा भएको यु–१९ विश्वकपमा ह्याट्रिक लिएपछि सन्दीप विश्व क्रिकेटमा एकाएक चर्चित बने ।

यु–१९ क्रिकेटमा ह्याट्रिक लिने उनी विश्वका पाँचौ खेलाडी हुन् । आयरल्याण्डविरुद्धको त्यो ह्याट्रिकले उनलाई विश्वमाझ चिनायो जसका कारण सन्दीप अहिले विश्वका उत्कृष्ट फ्रेन्चाइजी लिगमा नभई नहुने खेलाडी जस्तै बनिसकेका छन् र करोडौँ आम्दानी गरिरहेका छन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सन्दीप क्षमतावान् खेलाडी भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन् – “सन्दीप नेपाली क्रिकेटको भविष्य हो ।”

अहिले अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका सन्दीपलाई फ्रेन्चाइजी लिग खेल्न भ्याइनभ्याई छ । यसै वर्षको शुरुमा इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा डेब्यू गरेको उनले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई पेबेलियन पनि फर्काएका छन् । बिग बास लिगपछि सन्दीपले जनवरीमा बङ्गलादेश प्रिमियर लिग र फेब्रुअरीमा पाकिस्तान सुपर लिगमा खेल्नेछन् ।

सत्र वर्षको उमेरमा आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले दिल्ली डेरडेविल्समा डेब्यू गरे । रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्धको पहिलो ओभरमा छ रन दिएका सन्दीपले दोस्रो ओभरमा पार्थिव पटेललाई पवेलियनको बाटो देखाए । दोस्रो खेलमा दुई र तेस्रो खेलमा तीन विकेट लिँदा सन्दीपको सफलता मैदानमा जसरी चुलिँदै गएको थियो, कमेन्ट्री बक्समा पनि उस्तै गरी चुलिँदै थियो ।

सन्दीप जहाँ खेले त्यहाँ उनले आफ्नो स्पीनमा ब्याट्सम्यानलाई घुमाउन सफल भए । आइपिएलमा छ विकेट लिएका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सका लागि सात विकेट लिए । त्यसपछि क्यानडामा मोन्ट्रेल टाइगर्सका लागि आठ विकेट लिए । टि–१० लिगमा पनि केरला नाइट्सका लागि छ विकेट लिए ।

सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पनि पक्का भइसकेको छ । सन्दीपलाई गत महिना दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ गरिसकेको छ ।

आइपिएल आगामी २३ मार्चमा शुरु हुनेछ । भारतमा आम निर्वाचन हुने भएका कारण आइपिएल युएई वा दक्षिण अफ्रिकामध्ये एक स्थानमा गर्ने तयारी गरिएको छ । जुनमा हुने आइसिसी एक दिवसीय विश्वकपका कारण आइपिएल एक महिनाअघि हुन लागेको छ ।

सन्दीपले अहिलेसम्म आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश) मा सहभागिता जनाइसकेका छन् ।

विश्व क्रिकेटमा उनलाई अहिले अद्भूत वा मूल्यवान् खेलाडी भन्न थालिएको छ । बिग बास लिगको पहिलो खेलमै दुई विकेट लिएपछि मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले उनको प्रशंसा गर्दै भनेका थिए – “उमेरमा ऊ कच्चा होला तर उसको बलिङ गर्ने शैली निकै उत्कृष्ट छ ।”

सन्दीपको क्षमताबाट प्रभावित हुने पहिलो लिजेन्ड माइकल क्लार्क थिए जसले हङ्कङमा सन् २०१६ मा भएको टि–२० ब्लीजमा उनको बलिङ देखेका थिए । त्यसपछि क्लार्कले लामिछानेलाई अष्टे«लियामा ग्रेड क्रिकेट खेल्न र प्रशिक्षण गर्न समेत बोलाए ।

यस क्रममा उनले रिकी पोन्टिङ, ग्लेन म्याक्सवेल, सुनिल नराइन, क्रिस गेल जस्ता उच्चकोटिका खेलाडीसँग ड्रेसिङ रुममा बिताउन पाए । यससँगै उनले डेविड वार्नर, क्रिस लिन र केइरन पोलार्ड जस्ता विश्वस्तरीय ब्याट्सम्यानहरूको विकेट पनि लिइसकेका छन् । यसै क्रममा नेपालले विश्व क्रिकेटमा ठूलो फड्को मार्न सफल पनि भयो ।

छोटो समयमै नेपाली क्रिकेट टोलीका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दीपले आफ्नो प्रदर्शन र बलिङको मद्दतले नेपालको नाम थुप्रै पटक उँचो पारिसकेका छन् । सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दीपले धेरै शुभेच्छुकहरू कमाएका छन् ।

को हुन् सन्दीप ?

स्याङ्जाको आरुचौर जन्मेका उनी सानैमा भारतीय रेल्वे सेवामा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँगै भारत पुगेका थिए । भारतमा चार कक्षासम्म पढेर उनी नेपाल फर्केका थिए । सन्दीपले चितवनको नारायणगढस्थित क्याम्पसचौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । त्यहाँ पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्काबाट उनी प्रशिक्षित भए ।

“आफूले क्रिकेट सिकाएको केटो अहिले विश्व मञ्चमा चर्चित हुँदा मलाई वर्ग लागेको छ,” खड्काले भन्नुभयो ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा एक दिने प्रशिक्षणका लागि पुग्दा सन्दीपको बलिङबाट एकै नजरमा प्रभावित भएका थिए । त्यसपछि आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत युएईसँगको खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको छनोट गर्न आयोजित सुपर लिगमा सन्दीपलाई खेल्ने मौका दिइएको थियो । सुपर लिगअन्तर्गत एक खेलमा सन्दीपले चार विकेट लिएका थिए ।

सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बङ्गलादेश यु–१९ विश्वकप २०१६ खेल्ने टोलीमा सन्दीप छनोट भएका थिए । यु–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेटसहित दोस्रो स्थानमा थिए । आइसिसीले सन्दीपलाई उक्त यु–१९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सूचीमा समेत राखेको थियो ।

यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासँगको आइसिसी विश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि खेल्ने मौका पाएका सन्दीप त्यसपछि राष्ट्रिय टोलीबाट लगातार खेलिरहेका छन् ।