३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गछौँ: मन्त्री श्रेष्ठ



अ+ अ-

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताउनुभएको छ । 
    
नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधँैका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताउनुभएको हो । 
    
मन्त्री श्रेष्ठले भन्नुभयो, “विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लालपूर्जाविहीन स्वबासीको समस्या पनि उस्तै रहेछ, यी समस्या समाधान गर्दैछु, पुस महिनाभित्र देशमा कोही पनि भूमिहीन नरहने गरी समस्या समाधान गर्ने गरी लागेको छु ।”
    
अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले खासै काम नगरेको बताउँदै अब राष्ट्रिय भूमि आयोगले नै काम गरेर गठन आदेशबाटै भए पनि समस्याको समाधान गर्ने उहाँको भनाइ छ । कानूनले छोरीका नाममा अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “छोरीको नाममा पनि सम्पत्ति भन्ने कानूनलाई कार्यान्वयनमा ल्याउने छु, अहिले पनि अंशबण्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अब आमा, श्रीमती, छोरी पनि अंशियार कायम हुन्छन् र मालपोतले महिलालाई पनि अंशियार हकका आधारमा अंशबण्डा गर्दा छोरी खोज्ने गरी व्यवस्था गराउँछु ।”
    
कानूनको अभावले नभई इमान्दारितापूर्वक कार्यान्वयन नगर्दा संविधानले दिएको कतिपय अधिकार नपाएको बताउँदै उहाँले अब सबैको अधिकार स्थापित हुनेगरी काम गर्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज दिलीप प्रजापतिले माओवादी जनताको अधिकार सुनिश्चित गर्न पछि नपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र मध्यपुर नगर संयोजक विजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेताहरु डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठ, प्रदीप जामुन श्रेष्ठलगायतले आगामी निर्वाचनमा माओवादीको वर्चस्व रहेन गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।