३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन र हाम्रो विचार संश्लेषण अभियानबीच तुलना हुँदैन: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’ संज्ञा दिनुभएको छ । माओवादी केन्द्रको पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले भन्नुभयो 'हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ ।' 

पार्टी स्थायी समिति सदस्य लिलामणी पोखरेललाई शुभकामना मन्तब्य दिन पठाउनु भएका दाहालले एमालेको महाधिवशेनलाई तथाकथित भन्दै टिप्पणी गर्नुभयो । समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले शान्तिप्रक्रियामा आएपछि आफ्नो पार्टीभित्र विचार संश्लेषणको पक्षमा कमजोरी रहेको बताउनु भयो । उहाँले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको बताउनुभयो ।