१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा नै छोरी माथी राक्षस बनेपछि….



अ+ अ-

काठमाडौं । ‘म आन्टीको घरमा बस्थेँ । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरेँ । आमाले पनि केही भन्नु भएन । मलाई कसैले बचाएनन् ।’

यो कुनै कथाको पात्रको भनाई होइन। सुर्खेत वीरेन्द्रनगर २ की १८ वर्षीया अमृता वुढाको पीडा हो । बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ ।

शरीरभरी तातो पन्यूँले डामिएको छ । अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन । एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ ।

पीडित किशोरीकै आमा समेत घरभित्रको कुरा भन्दै घटनालाई सामान्यीकरण गर्न लागिरहेकी छन् । तर किशोरीले भने न्याय मागेकी छन् । घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन् । प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।