१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा नै छोरी माथी राक्षस बनेपछि….



अ+ अ-

काठमाडौं । ‘म आन्टीको घरमा बस्थेँ । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरेँ । आमाले पनि केही भन्नु भएन । मलाई कसैले बचाएनन् ।’

यो कुनै कथाको पात्रको भनाई होइन। सुर्खेत वीरेन्द्रनगर २ की १८ वर्षीया अमृता वुढाको पीडा हो । बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ ।

शरीरभरी तातो पन्यूँले डामिएको छ । अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन । एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ ।

पीडित किशोरीकै आमा समेत घरभित्रको कुरा भन्दै घटनालाई सामान्यीकरण गर्न लागिरहेकी छन् । तर किशोरीले भने न्याय मागेकी छन् । घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन् । प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।