३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर

सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर
अ+ अ-

सियोलः  दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ । दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ ।

संयुक्तराज्य अमेरिका, जर्मनी, जापान र चीन समेतका छ वटा मुलुकको मात्र वार्षिक निर्यात ६०० अर्ब डलर पुगेको छ । एसियाको चौथो सर्बाधिक ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको औसत वार्षिक आर्थिक वृद्धिदर सन् १९४८ यता १६.१ प्रतिशतको हाराहारीमा रहेको छ । कोरियाले ७० वर्षअघि वार्षिक करिब १९ लाख अमेरिकी डलर बराबरको निकासी गरेको थियो ।

मन्त्रालयले वार्षिक निर्यात ६०० अर्ब डलर पु¥याउन झण्डै २३ वर्ष लागेको जनाएको छ । विश्वका सात सर्बाधिक ठूला निर्यातकर्ता मुलुकमध्ये कोरिया चौथो हो । औद्योगिक उत्पादन र निकासीका क्षेत्रमा विगत ११ वर्षमा अत्यधिक प्रगति गरेको चीन पहिलो स्थानमा रहेको छ ।

विश्वमा यस वर्ष अत्यधिक माग रहेको सेमिकन्डक्टर्स, मेसिनरी र पेट्रोकेमिकल्सको उत्पादनमा कोरियाले फड्को मारेको छ । खासगरी, वार्षिक गणना गर्दा कोरियामा निर्मित इलेक्ट्रोनिक चिप्सको बिक्री पहिलो पटक १०० अर्ब डलरभन्दा बढी भएको छ ।

“अर्को वर्ष, विश्व व्यापारमा नकारात्मक प्रभाव पर्ने खतरा बढेको छ । जस्तै, ठूला औद्योगिक अर्थतन्त्र भएका मुलुकहरुमा अर्थतन्त्रमा केही मन्दी आउने तथा अमेरिका र चीनबीचको व्यापार विवाद लम्बिने खतरा छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । “तर दक्षिण कोरिया सरकारले सन् २०१९ मा समेत ६०० अर्ब डलर बराबरका सामान निकासी गर्नेगरी योजना बनाइरहेको छ ।”
––