२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टमा प्रहरी कारबाहीमा ४० जना आतङ्कवादी मारिए



अ+ अ-
AFP

इजिप्ट – पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतङ्ककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् । आतङ्कवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो ।

बसमा यात्रारत अरु ११ जना भियतनामी पर्यटक र बसका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद स्थानहरुमा छापा मारेको थियो । इजिप्टका पिरामिडहरु रहेको गीजा शहर पर्यटकहरुका लागि आकर्षक भ्रमण स्थल हो । इजिप्टको गृह मन्त्रालयले गीजामा भएको प्रहरी कारबाहीमा ३० जना र उत्तरी सिनाईमा १० जना आतङ्ककारी मारिएको जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा आतङ्ककारीहरुले सरकारी निकायहरु, पर्यटकीय संस्थाहरु र चर्चमा आक्रमण गर्ने योजना बनाएको उल्लेख छ । “राष्ट्रिय सुरक्षा निकायहरुले आतङ्कवादी हमला हुने सूचना पाएका थिए । उनीहरुको मुख्य निशाना पर्यटन, सशस्त्र बल, प्रहरी र इसाई समुदायका प्रार्थना स्थलहरु रहेका थिए ।”

एउटा सुरक्षा स्रोतका अनुसार प्रहरीले शनिबार बिहानै छापा मारेको थियो । यद्यपी, बम आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । पर्यटकमाथि लक्षित गरिएको सन् २०१७ पछिको यो पहिलो आक्रमण हो ।

पर्यटन व्यवसायी साइगोन टुरिस्टका अनुसार भियतनामी पर्यटकहरु साँझको खानाका लागि होटलतर्फ फर्कदै गर्दा आक्रमणमा परेका थिए ।

जुलाई २०१७ मा शंकास्पद जिहादीहरुले हुर्घादा भन्ने स्थानमा दुई जना जर्मन पर्यटकलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।

त्यस्तै अक्टोबर २०१५ मा इस्लामिक स्टेट समूहसँग आबद्ध स्थानीय लडाकूको आक्रमणबाट सिनाई प्रायःद्वीपमा २२४ जना यात्रुको ज्यान गएको थियो ।